अध्ययन सन् २०१७ः बढ्दो कामको दबावले बढ्दैछ हृदयघात (Heart attack) तथा स्‍ट्रोकको सम्भावना, पुरुष मात्र होइन महिलाहरु पनि छन् निशानामा


कामको दबाव तथा निन्द्राको कमीका कारण महिलाहरुमा हृदयघात तथा स्ट्रोकको खतरा बढ्दै गएको छ । एउटा अध्ययनका अनुसार, फुल टाइम काम गर्ने महिलाहरुमा यो स्वास्थ्य समस्याको जोखिम सबैभन्दा बढी भेटिएको छ ।

तपाईं महिला हुनुहुन्छ र घर-कार्यालयको जिम्मेवारी उत्तिकै सक्रियताका साथ निरन्तर निभाउदै आउनुभएको छ भने आफ्नो स्वास्थका लागि ध्यान दिने समय आयो है । किनकी अहिलेको स्थिति पहलाजस्तो रहने । अतिव्यस्त दैनिकी तथा निरन्तर कार्य दबावका कारण तपाईं हृदयघात और स्ट्रोकजस्तो स्वास्थ्य समस्याको सिकार तपाईं हुनुनपरोस् । यो कुरोले तपाईंलाई अलिकती अत्याउन पनि सक्ला, तर यो म एक्लैको धारणा मात्र हैन यस सम्बन्धमा सन् २०१७ मा भएको एउटा अध्ययनको निश्कर्षमा संलग्न छ ।

डा. इर्शादूल हक
Medical Officer at Om Hospital & Research Center Pvt. Ltd

‘यूरोपीयन स्ट्रोक संगठन’मा प्रस्तुत एक अध्ययनका अनुसार महिलाहरुमा कामको दबाव तथा निन्द्राको कमीका कारण महिलाहरुमा हृदयघात तथा स्ट्रोकको खतरा बढ्दै गएको छ ।

​पुरूषहरुको तुलनामा महिलाहरुमा हृदयघातको सम्भावना बढी
मुख्यरुपमा मधुमेह (Sugar/Diabetes mellitus), आरटियल हाइपरटेन्शन, कोलेस्ट्रल, धूम्रपान तथा बढ्दो तौल भएकाहरुमा हृदयघातको जोखिम देखिएको छ । अध्ययनका अनुसार, कामको दबाव, तनाव, निन्द्रा सम्बन्धी स्वास्थ्य समस्याका कारण हृदयघात तथा स्ट्रोकको घटना पुरूषहरुको तुलनामा महिलाहरुमा गतीका साथ बढ्दैगएको छ । अध्ययनमा संलग्नहरुका अनुसार, “यस अघिका अध्ययनहरुका आधारमा महिलाहरुभन्दा पुरूषहरुमा हृदयघात तथा स्ट्रोकको घटना बढी हुने मानिदै आइएको थियो । तर केही देशहरुमा हृदयघात तथा स्ट्रोकका घटनाहरुमा महिलाहरुले पुरूषहरुलाई पछाडी छाडेका छन् । र बढ्दो ग्राफमा महिलाहरुमा कामको तनाव तथा निन्द्राको समस्याले महिलाहरुमा हृदयघात तथा स्ट्रोकको समस्या बढिरहेको छ ।”

​तनाव तथा थकान हो मुख्य कारण
अध्ययनको निश्कर्ष अनुसार, “पुरूषहरुमा महिलाहरुको तुलनामा धूम्रपान गर्ने तथा मोटोपन हुने सम्भावना बढी थियो, तर ताजा अध्ययनमा हृदयघात तथा स्ट्रोकको समस्या सबैभन्दा बढी महिलाहरुमा देखिएका छन् । ‘यूनिवर्सिटी हस्पिटल ज्यूरीख’का न्यूरोलोजिस्ट डा. मार्टिन हन्सेल (Dr. Martin Hansel) तथा उनको स्वास्थ्य टोलीका अनुसार, “महिलाहरुमा यी गम्भिर स्वास्थ्य समस्याहरु बढिरहेको कारण कार्यस्थलमा बढ्दो कामको दबाव, निन्द्रा सम्बन्धी विकार तथा थकान हुन् ।”

​फुल टाइम काम गर्ने महिलाहरुमा हृदयघातको खतरा बढी
अचम्म पार्ने कुरा यो छ की, यी स्वास्थ्य समस्याहरुको जोखिम फुल टाइम काम गर्ने महिलाहरुमा सबैभन्दा बडी देखिएको हो । ‘यूनिवर्सिटी हस्पिटल ज्यूरीख’का न्यूरोलोजिस्ट डा. मार्टिन हन्सेल तथा त्यस अध्ययनमा संलग्न टोलीका अनुसार कार्यालयमा फुल टाइम काम गर्कने महिलाहरुमा घर तथा कार्यालयको जिम्मेवारी निर्वाह गर्ने दबाव ति महिलाहरु भन्दा बढी हुन्छ, जो तीन-चार घण्टा मात्र काम गर्ने गर्दछन् ।

​थकान तथा निन्द्रा सम्बन्धी समस्यामा भयो वृद्धि
अध्ययनमा संलग्न अध्येताहरुले सन् २००७, २०१२ तथा २०१७ को ‘स्विस हेल्थ सर्वे’मा २२००० महिला तथा पुरूषहरुको डाटाको तुलनात्मक अध्ययन गरेका थिए । त्यस अध्ययनमा, “कार्डियोभस्कुलर डिजिज (Cardiovascular) को गैर पारम्परिक जोखिमका कारणहरुका सम्बन्धमा अस्पतालमा जानकारी दिने महिलाहरुको संख्यामा डरलाग्दो रुपले वृद्धि हुँदै गएको छ । यसमा पनि मुख्य रुपमा कामका दौरान तनावमा हुने पुरूष तथा महिलाहरुको संख्या सन् २०१२ मा ५९ प्रतिशतबाट बढेर सन् २०१७ मा ६६ प्रतिशत पुगेको देखिन्छ ।

र त्यस्तै काम पछि थकान महशुस गर्नेहरुको संख्या २३ प्रतिशतबाट बढेर २९ प्रतिशत पुगेको देखिन्छ । यस अवधिमा निन्द्रा सम्बन्धी समस्याहरुको संख्या २४ प्रतिशतबाट बढेर २९ प्रतिशतसम्मको वृद्धि भएको पाईएको थियो । निन्द्रा सम्बन्धी समस्यातर्फ पुरूषहरुमा ५ प्रतिशतले वृद्धि भएको थियो भने महिलाहरुतर्फ यो आँकडामा ८ प्रतिशतसम्मको वृद्धि देखिएको थियो ।

यस अध्ययन पछि यो कुरा त स्पष्ट छ की हृदयघातको जोखिम पुरुषहरुसँग मात्र जोडिएको स्वास्थ्य समस्या होईन । यदि समग्र स्वास्थतर्फ ध्यान नदिने हो, र कामको दबाव व्यवस्थापन नगर्ने हो भने महिलाहरुमा पनि हृदयघात तथा स्ट्रोक जस्तो जटिल स्वास्थ्य समस्याहरुको जोखिम बढ्न सक्छ । यस्तो अवस्थाबाट बच्नका लागि महिलाहरुका लागि कार्यस्थलको कार्य वातावरण सहज बनाउन सहयोग गर्ने तथा महिलाहरुले कामका क्रममा तनावतर्फ नलागि रातको समय न्यूनतम आनन्दको ८ घण्टा निन्द्रा पुरा गर्नुपर्ने हुन्छ । तपाईंको काममा कतिको तनाब छ त, अनि पुरा हुन्छ त ८ घण्टाको मस्त निन्द्रा?

नोटः लाइभमाण्डूका लागि अनुवादित सामाग्री डा. इर्शादूल हकले तयार पार्नुभएको हो ।


Loading comments...