कन्हैया कुमारको कांग्रेस प्रवेश र यो हिन्दी उखान “हम तो डूबे सनम तूम को भी ले डुबेङ्गे”


सन्तोष देवकोटा । भारतका प्रभावशाली दुई युवा नेता कन्हैया कुमार तथा जिग्नेश मेवाणीले मंगलबार राजनीतिको आगामी यात्राका लागि भारतीय कांग्रेस रोजेका छन् । भारतीय राजनीतिको भूस्थितीबाट आफ्नो पकड गुमाउँदैगरेको भारतीय कांग्रेसको सबैभन्दा ठूलो चिन्ता भनेको जनाधार भएका ठूला नेताहरुको बढ्दै गएको खडेरी । राहुल गांधीलाई मान्ने हो भने यि दुवै नेताहरुको भारतीय कांग्रेसमा सफल अवतरणबाट भारतीय कांग्रेससँग नागरिक जोडिनेछन् र नागरिकबीच आफ्नो पहिचान तथा पकड राख्नसक्ने कांग्रेसको विस्तार हुनेछ । आशय यस्तै यस्तै हुनुपर्छ नत्र आक्रामक राजनीतिक भाषा बोल्ने कम्यूनिष्ट कन्हैयाको बन्द मुठ्ठी सजिलै खुल्ला पञ्जामा परिणत नहुनुपर्ने हो ।

संघ तथा बीजेपी विरुद्ध लगातार विषवमनको विचारधारा
वर्तमान अवस्थामा राहुल गांधी विपक्षीतर्फका एउटा यस्तो अनुहार हुन, जसले लगातार भारतीय प्रधानमन्त्री मोदी, भारतीय जनता पार्टी (बीजेपी) तथा संघलाई लगातार कुनै न कुनै मुद्दामा तानेको ताने छन् । केही दिन अघि भारतीय कांग्रेसको एक कार्यक्रममा उनले भनेका थिए, “जो निडर भएर सिधै बिजेपी, संघसँग जुध्ने साहस राख्दछन् उनीहरुको स्थान भारतीय कांग्रेसमा हुनुपर्छ”। भारतीय कांग्रेसलाई मझदारमा छोडी जाने नेताहरुका लागि उनले कडा शब्दमा निन्दा गर्दै भनेका थिए, “जसलाई बिजेपी, संघसँग डर लाग्छ उनीहरुले कांग्रेस छाडेर जादा हुन्छ । उनीहरुलाई रोक्न सकिन्न”।

उनलाई चाहिएको यत्ति हो विषवमनका साथ निडर भई यदि कसैले सरकारका विरुद्ध बोल्न सक्छ भने उनीहरु कांग्रेस प्रवेश गरुन । उनकै भाषामा संघ-बीजेपी विरुद्ध निर्भीक भएर उभिन सक्ने कांग्रेसको विचारधारा हो, यस्ता नागरिक यदि कांग्रेसबाट बाहिर छन् भने कांग्रेस भित्र प्रवेश गराउनुपर्छ । हाल एउटा स्थिर र लोकप्रिय बिजेपी सरकारविरुद्ध केवल मोर्चावन्दी गर्न सक्ने उनलाई टोली चाहिएको हो र यसमा कन्हैया कुमार तथा जिग्नेश मेवाणी जस्तो अनुहार अगाडी आउनु स्वभाविक हो ।

संघ तथा बीजेपीमाथी सदा विरोध कैं लागि विरोधको इतिहास छ कन्हैयाको
कन्हैया कुमारले युवा राजनीतिको अधिकांश समय भारतीय जनता पार्टी तथा संघले भारतीय जनताबिच बनाउँदै गरेको पकड र प्रभावकारी राजनीतिक अवस्थाका विरुद्ध बोल्दै आएका छन् । कम्यूनिष्ट राजनीतिक चेत भएका कन्हैया कुमार तथा जिग्नेश मेवाठी वर्तमान सत्ताको विरुद्ध निरन्तर विरोधीको छवी बनाउँदै आएका छन् । खुल्ला मञ्चहरुमा कम्यूनिष्ट अन्दाजमा संघ तथा बिजेपीको खेदो मात्र खनिरहने उनी अचानक भारतीय कांग्रेस प्रवेश गर्नुले के उनको राजनीतिक अध्यायले नयाँ गन्तब्य पाउँछ र? अहिले भारतीय कांग्रेसमा राहुल गांधी आफ्नो नयाँ टोली बनाउन जुटेका छन् । यस्तो अवस्थामा उनी यस्तो जमात वा व्यक्तिलाई कांग्रेसमा जोड्न चाहन्छन् जो वर्तमान सत्ताको विरोधी होस् र विचारधाराको आधारमा कांग्रेस झै देखियोस् । दक्षिण एसियाली युवा नेतृत्वका आशलाग्दा अनुहार हुन कन्हैया कुमार तर भारतीय कांग्रेसको डुब्दो डुङ्गा र कन्हैया-जिग्नेशको कांग्रेसमा प्रवेशको अर्थ यस्तो न होस् “हम तो डूबे सनम तूम को भी ले डुबेङ्गे ।”


Loading comments...