“EDV भिसाको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने व्यक्तिहरु पक्राउ”


नेपालस्थित अमेरिकन राजदूतावासमा U.S. Diversity Visa (EDV) २०२१ को नतिजामा नाम निकालेका तर भिसा (Visa) प्रक्रियाका लागि आवश्यक १०+२ को नक्कलि शैक्षिक प्रमाण-पत्र पेश गर्ने २ जना र नक्कली प्रमाण-पत्र बनाउने कार्यमा संलग्न अर्को एकजनालाई पक्राउ गरिएको छ ।

शैक्षिक योग्यता प्राप्त नगरेका केहि व्यक्तिहरुले भिसा प्रयोजनको लागि १०+२ को नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेको भन्ने अमेरिकी दुतावासको सुचनाको आधारमा EDV भिसा प्रक्रियाका लागि शैक्षिक प्रमाण पत्र नक्कलि बनाई पेश गर्न कार्यमा संलग्न रहेका तपसिलमा उल्लेखित ठेगाना भएका नबिन दराई र शिव रोक्का लाई यस अपराध महाशाखाबाट खटिएको बिशेष टोलीले मंगलबार दिउँसो काठमाण्डौको महाराजगञ्जबाट पक्राउ गरिएको हो ।

अनुसन्धानको क्रममा पक्राउ परेका मध्ये नबिन दराईसंग जिवन कार्कीले रु १,७०,०००।–( एक लाख सत्तरी हजार) लिई १०+२ को शैक्षिक प्रमाण पत्र बनाई दिएको खुल्न आई नक्कली प्रमाण पत्र बनाउने कार्यमा संलग्न रहेका जिबन कार्की लाई काठमाण्डौको कंलकी बाट पक्राउ गरी निजहरुलाई लिखत सम्बन्धि कसुरमा मुद्धामा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु काठमाण्डौमा पठाइएको ।


Loading comments...