Lifestyle Portal
  •   २ कार्तिक २०७८, मंगलवार

चितुवाको छाला सहित २ जना पक्राउ

१५ आश्विन २०७८, शुक्रबार १३:२०

गुल्मी । छत्रकोट गाउँपालिका-३ लुम्छा बजारस्थित घिमिरे होटल एण्ड लजबाट २ थान चितुवाको छाला सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही गाउँपालिका-२ भेडवा बस्ने २७ वर्षीय सुमन खनाल र सोही ठाउँ बस्ने ३१ वर्षीय हरि बहादुर सार्की रहेका छन् । उक्त होटल एण्ड लजमा चितुवाको छालाको अबैध कारोबार हुँदैछ भन्ने खबर प्राप्त हुनासाथ लुम्बिनी प्रदेश ब्यूरोबाट खटिएको प्रहरीले कोठा जाँच गर्ने क्रममा उक्त होटलको कोठामा लुकाई राखेको उक्त छाला सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

स्याङजा । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त अर्जुनचौपारी गाउँपालिका-२ बस्ने ५२ वर्षीय पोत बहादुर रोकाहालाई शनिबार प्रहरीले पक्राउ गरेको छ

कैलाली । आफ्नै पति धनगढी उपमहानगरपालिका-७ बेली बस्ने २५ वर्षीय रमेश चौधरीको हत्या गरेको अभियोगमा उनकै पत्नी २७ वर्षीया अमृता

मोरङ । धनपालथान गाउँपालिका-४ स्थित कर्सियाको बिपि चोकमा रहेको सिटिजन बैंकबाट नगद लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई

भोजपुर । आफ्नै श्रीमती ४० वर्षीया छोती शेर्पाको हत्या गरेको अभियोगमा भोजपुर सापासिलिछो गाउँपालिका-५ बाक्सिन्दा बस्ने ४० वर्षीय फराछेतर शेर्पालाई