Lifestyle Portal
  •   ११ कार्तिक २०७८, बिहीबार

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा १ जना पक्राउ

१५ आश्विन २०७८, शुक्रबार २१:२५

पर्वत । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा मोदी गाउँपालिका-५ बस्ने २४ वर्षीय सुर्यबहादुर भण्डारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

१४ वर्षीया किशोरीलाई असोज ६ गते भण्डारीले प्रेमको नाटक गरी विभिन्न प्रलोभनमा पारी नेपाल भारत सिमाना जोगबनी पुर्‍याएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई कुश्मा नगरपालिका-६ शिवालय चोकबाट पक्राउ गरेको हो ।

उनी उपर मानव बेचबिखन तथा ओसारपोसार मुद्दामा जिल्ला अदालत पर्वतबाट १० दिन म्याद थप लिई आवश्यक अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

रौतहट । अबैध रुपमा रकम उठाई ठगी गरेको अभियोगमा बौधीमाई नगरपालिका-१ बस्ने दलित जनजाती उथान केन्द्र कलैया बाराका प्रोग्राम कोडिनेटर

मोरङ । धनपालथान गाउँपालिका-४ स्थित कर्सियाको बिपि चोकमा रहेको सिटिजन बैंकबाट गत असोज २५ गते नगद लुटपाट भएको घटनामा संलग्न

स्याङजा । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त अर्जुनचौपारी गाउँपालिका-२ बस्ने ५२ वर्षीय पोत बहादुर रोकाहालाई शनिबार प्रहरीले पक्राउ गरेको छ

कैलाली । आफ्नै पति धनगढी उपमहानगरपालिका-७ बेली बस्ने २५ वर्षीय रमेश चौधरीको हत्या गरेको अभियोगमा उनकै पत्नी २७ वर्षीया अमृता