Lifestyle Portal
  •   ३ कार्तिक २०७८, बुधबार

विविध कार्यक्रमका साथ ‘१५२ औं गान्धी जयन्ती’ मनाइयो

१६ आश्विन २०७८, शनिबार १८:०३

१५२ गान्धी जयन्तीको अवसरमा कार्यवाहक राजदूत नामग्य खम्पाले नेपाल आर्ट काउन्सिलमा आयोजित ‘असल जगतका लागि महात्मा गान्धीको सिद्धान्त’ विषयक कला प्रदर्शनीको उद्घाटन गर्नुभयो । भारतीय राजदूतावास बीपी कोइराला भारत–नेपाल फाउन्डेसनको सहयोगमा शिभाता लभ फाउन्डेसनले सो कला प्रदर्शनीको आयोजना गरेको हो । उक्त प्रदर्शनी सर्वसाधारणका लागि २०७८ आश्विन १७ देखि २२ गते सम्म खुला रहनेछ ।

सोही अवसरमा नेशनल हस्पिटल तथा क्यान्सर रिसर्च सेन्टरले भारतीय राजदूतावासको सहयोगमा काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा “स्तन तथा पाठेघर क्यान्सर जाँच एवम् जनचेतना कार्यक्रम” को आयोजना गर्यो भने भारतीय राजदूतावासकै सहयोगमा भारतीय नागरिक संघ नेपाल (आईक्यान) ले सोही भवनमा रक्तदान शिविरको आयोजना गर्यो । उक्त शिविरमा दूतावासका अधिकारी, भारतीय समुदाय तथा नेपालमा रहेका भारतका मित्रहरुको सहभागीता थियो । भयो ।


सोही दिन नेपाल–भारत पुस्तकालयमा पनि एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो । अन्तरक्रिया कार्यक्रममा विभिन्न विश्वविद्यालयका विद्यार्थीहरुको उपस्थिति थियो । पुस्तकालयमा महात्मा गान्धीको जीवन एवम् सिद्धान्तमा आधारित एक चलचित्र प्रदर्शन गर्नुका साथै महात्मा गान्धीको विषयमा हाजिरीजवाफ प्रतियोगिताको पनि आयोजना भयो ।

बिहान भारतीय दुतावास प्राङ्गणमा स्थित गान्धीको शालिकमा दूतावासका अधिकारीहरू माल्यार्पण गरि सम्मान प्रकट गरेका थिए ।

प्रगतिशील भारतको ७५ वर्ष र भारतका जनता, संस्कृति र उपलब्धिहरुको गौरवशाली इतिहासको सम्झना गर्न भारत सरकारले अघि सारेको ‘आजादी का महोत्सव’ को एक कार्यक्रमको रुपमा गान्धी जयन्ती मनाइएको हो ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

मोरङ । धनपालथान गाउँपालिका-४ स्थित कर्सियाको बिपि चोकमा रहेको सिटिजन बैंकबाट गत असोज २५ गते नगद लुटपाट भएको घटनामा संलग्न

हाल भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ

लण्डन । द कँडेल ग्रुपको लण्डनस्थित रहेको उलविच लेट नाइट फार्मेसीले “युके इण्डिपेन्डेन्ट फार्मेसी अवार्ड २०२१” जित्न सफल भएको छ

लाइभमाण्डू । तपाईंका साथ कहिले यस्तो भयो जतिबेला तपाईंले तात्तातो चिया, कफी या सुपको एक चुस्की (सीप) लिनुभो र त्यो