वैदिक सनातन हिन्दुहरुको महान चाड “बडा दशैं”को शुभ साइत देश र देशबाहिर कति बजे?


लाइभमाण्डू । तिहार (दिपावली)को ठीक २० दिन अघि आश्विन मासको शुक्ल पक्षमा दशमी तिथिका दिन बिजया दशमी मनाइन्छ । माता दुर्गाले प्राणीजगतको हितका लागि महाअभिमानी राक्षस महिषासुरको वध गर्नुभएको थियो । असत्य माथि सत्यको जीतको रुपमा मनाइने यो चाड नेपाली सांस्कृतिक तथा धार्मीक गहना पनि हो । यहि असोज २९ गते, शुक्रबार बिहान ०८ बजेर १९ मिनेटमा नवदुर्गा भगवतीको पूजाको साइत रहेको छ भने पुजा सम्पन्न गरिसकेपछि टिकाका लागि शुभ साइतको प्रतिक्षा हुनेगर्दछ । यस वर्ष नेपालभित्रै बस्ने वैदिक सनातन हिन्दुजनका लागि बिहान १० बजेर ०२ मिनेटमा टिका तथा जमरा ग्रहणको शुभ साइत रहेको छ ।

डिल्लिबजार, काठमाण्डौस्थित अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले बडा दशैं २०७८ को काठमाण्डौ लगायत देश बाहिर टिका लगाउने साइतहरु सार्वजनिक गरेको छ । समितिको यहि असोज १४ गते बसेको बैठकको निर्णय अनुसार विभिन्न देशमा बसोवास गर्ने सनातन धर्मावलम्बीहरुबाट विजया दशमीको टीकाको साइतबारे जिज्ञासा राखिएकाले नेपालीहरु बसोवास गर्ने महत्वपूर्ण देशहरुमा टीकाको शुभ साइत सार्वजनिक गरिएको बताएको छ ।

स्थान र देश अनुसार बडा दशैंको टीकाको शुभ साइतः

१) नेपाल, २९ असोज २०७८ का दिन बिहान १० बजेर ०२ मिनेट
२) दिल्ली, भारतमा १५ अक्टोबर २०२१ का दिन बिहान ०९ बजेर ५५ मिनेट
३) न्यूयोर्क, अमेरिकामा १५ अक्टोबर २०२१ का दिन  बिहान ९ बजेर २१ मिनेट
४) केन्टुकी, अमेरिकामा १५ अक्टोबर २०२१ का दिन बिहान ०८ बजेर ४५ मिनेट
५) टेक्सास, अमेरिकामा १५ अक्टोबर २०२१ का दिन बिहान ०८ बजेर १५ मिनेट
६) क्यालिफोर्निया, अमेरिकामा १५ अक्टोबर २०२१ का दिन बिहान ०७ बजेर १५ मिनेट
७) टोरन्टो, क्यानडामा १५ अक्टोबर २०२१ का दिन बिहान ०८ बजेर ३५ मिनेट
८) टोकियो, जापानमा १५ अक्टोबर २०२१ का दिन बिहान ११ बजेर ०५ मिनेट
९) सिड्नी, अष्ट्रेलिया १५ अक्टोबर २०२१ का दिन बिहान १० बजेर २५ मिनेट
१०) मेलबर्न, अष्ट्रेलिया १५ अक्टोबर २०२१ का दिन बिहान १० बजेर ३१ मिनेट
११) ब्रिसवेन, अष्ट्रेलियामा १५ अक्टोबर २०२१ का दिन बिहान १० बजेर २९ मिनेट
१२) बेलिङ्गटन, न्यूजिल्याण्डमा १५ अक्टोबर २०२१ का दिन बिहान  १० बजेर ३५ मिनेट
१३) लिस्बन, पोर्चुगलमा १५ अक्टोबर २०२१ का दिन बिहान ०९ बजेर ५५ मिनेट
१४) लण्डन, बेलायतमा १५ अक्टोबर २०२१ का दिन बिहान १० बजेर ०१ मिनेट
१५) पेरिस, फ्रान्समा १५ अक्टोबर २०२१ का दिन बिहान ०९ बजेर १५ मिनेट
१६) नर्वे, ओस्लोमा १५ अक्टोबर २०२१ का दिन बिहान ०८ बजेर ३९ मिनेट
१७) क्वालालम्पुर, मलेसियामा १५ अक्टोबर २०२१ का दिन बिहान ०८ बजेर ४५ मिनेट
१८) अबुधावि, युएइमा १५ अक्टोबर २०२१ का दिन बिहान ०८ बजेर २१ मिनेट
१९) दोहा, कतारमा १५ अक्टोबर २०२१ का दिन बिहान ०७ बजेर ५५ मिनेट
२०) बैंकक, थाइल्याण्डमा १५ अक्टोबर २०२१ का दिन बिहान  ०८ बजेर १५ मिनेट
२१) सियोल, दक्षिण कोरियामा १५ अक्टोबर २०२१ का दिन बिहान ०९ बजेर १५ मिनेट
२२) तेलअभिभ, इजरायलमा १५ अक्टोबर २०२१ का दिन बिहान ०९ बजेर ०१ मिनेट
२३) सिङ्गापुरमा १५ अक्टोबर २०२१ का दिन बिहान ०८ बजेर ४७ मिनेट
२४) हङकङमा १५ अक्टोबर २०२१ का दिन बिहान ०८ बजेर ३३ मिनेट
२५) साउदी अरेबियामा १५ अक्टोबर २०२१ का दिन बिहान ०८ बजेर १४ मिनेट
२६) याङ्गुन, म्यानमारमा १५ अक्टोबर २०२१ का दिन बिहान ०८ बजेर ०९ मिनेट
२७) जेनेभा, स्वीट्जरल्याण्डमा १५ अक्टोबर २०२१ का दिन बिहान १० बजेर १५ मिनेट

साथै समितिले साइतसँग सम्बन्धीत मान्यतालाई पनि सहजीकरण गर्दै लेखेको छ, “उक्त साइत टिकाको निमित्त सबैभन्दा उपयुक्त रुपमा निर्धारण गरिएको हो । सो दिन आफ्नो अनुकुल समयमा टिका लगाउन सक्नुहुनेछ”


Loading comments...