भारतीय कांग्रेसकी महासचिव प्रियंका गांधी पक्राउ


एजेन्सी, उत्तर प्रदेश । भारतीय कांग्रेसकी महासचिव प्रियंका गांधी पक्राउ परेकी छिन् । उत्तर प्रदेशस्थित लखीमपुर खीरीमा किसानमाथी भएको हिंसाका विरुद्ध किसानलाई साथ दिनका लागि प्रियंका गांधीको लखीमपुर पुग्ने प्रयास विफल भएको छ । उनलाई स्थानीय प्रहरीले हरगाँव सीमामैं रोकेर हिरासतमा लिएको छ ।

यस क्रममा प्रियंका गांधी तथा तथा उनलाई पक्राउ गर्न पुगेको प्रहरी अधिकारीहरुबीच लामो बहस भएको थियो । सार्वजनिक भिडियोमा प्रियंकाले प्रहरीलाई, “ए तेसो भए अब मलाई यसमा बसाउँछौ अनि मलाई अपहरण गर्छौ? यो तिम्रो लिगल स्टाटस हो” भनि आक्रोश पोखेकी थिइन । भारतको अति संवेदनशील जेड प्लस सुरक्षा व्यवस्थाका बावजूद रातको समयमा प्रियंकाले सम्पूर्ण सुरक्षा व्यवस्थालाई छाडेर ४ घण्टासम्म एक ड्राइवरको सहयोगमा लुकिछिपी घटनास्थल लखीमपुर खीरीतर्फ अगाडी बढी रहेकी थिइन् । आज बिहान स्थानीय समयानुसार झण्डै साढे पाँच बजे लखीमपुर खीरीको स्थानीय प्रशासनले उनलाई पक्राउ गरेको थियो ।


Loading comments...