काशी-प्रवासमा रहेका नेपालीहरूको सम्झनामा “काशीको सम्झना”


‘सम्पर्क भारत नेपाल’ले काशी-प्रवासमा रहेका नेपालीहरूको सम्झनामा केन्द्रित “काशीको सम्झना” नामक पहिलो कार्यक्रम १९ असोज , २०७८ वि.सं. (५ अक्टोबर , सन् २०२१ ) मा डिजिटल संचार माध्यमबाट लाईभ प्रस्तुत गर्दैछ । ‘सम्पर्क भारत नेपाल’ भारतमा शिक्षा हासिल गरेका सैकडौं हजार नेपालीहरूलाई एउटै मन्चमा ल्याउने प्रयास हो । यस संगठनले आफ्ना बौद्धिक, सांस्कृतिक एवं सामाजिक क्रियाकलाप विस्तार गर्दै जाने छ र भारतमा शिक्षित अलुम्नाईको नेटवर्क सम्वर्धन गरेर सम्बद्ध सदस्यहरूको बीच सहयोगको भावना विकसित गर्नेछ ।

हुन त काशी र नेपालको सम्बन्ध शताब्दियौंको रहेको छ तर ‘काशीको सम्झना’ श्रृंखलाको यस कार्यक्रमले सन् १९२० देखि सन् १९८० का दशकहरुलाई मात्र समेट्ने छ । यी दशकहरूमा दमनकारी राणा शासनबाट टाढा काशी नगरी भनेको नेपालीहरूको राजनीतिक बौद्धिक क्रान्ति, राजनीतिक संगठन, प्रकाशन, व्यापार, शिक्षा, धर्म, तीर्थयात्रा, काशीवास आदि सबै क्रियाकलापको केन्द्र थियो । यसै मोक्षदायक, पवित्र र प्राचीन शहरले राजनीतिक कारणले देशबाट निकालिएका, अथवा राणाहरूको दमनबात जिउज्यानको डरले निर्वासित व्यक्ति, बाल विधवा देखि काशीवास गरेर मृत्यु यी महत्वपूर्ण दशकहरूमा काशीले प्रवासी नेपालीमात्र होइन सिंगो नेपालको सोच र संवेदनशीलतालाई आकार दिएको छ । नेपालको सांस्कृतिक र राजनीतिक विकासमा काशीको शताब्दियौंको योगदानको महत्वले गर्दा काशी नेपाल र भारतको साझा संस्कृति र स्नेहको केन्द्र बिन्दु बनेको छ र काशीको स्थान हरेक नेपालीको हृदयमा संधै नै विशेष रहेको छ ।

काठमाण्डौस्थित भारतीय दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रमा १९ असोज , २०७८ वि. सं. तदनुसार ५ अक्टोबर , सन् २०२१ अपरान्ह ३.३० देखि ५.३० (नेपाली समय) बजे सम्म फेसबुकमा लाइभ हुने यस कार्यक्रममा प्रसिद्ध आँखा विशेषज्ञ एवं राजनीतिज्ञ डा. शशांक कोइराला, प्रतिष्ठित साहित्यकार दुर्गा प्रसाद श्रेष्ठ, किरण मानन्धर तथा काशी प्रवासका संस्मरणबारे इला शर्माले कुरा गर्नु हुनेछ । यी व्यक्तित्वहरुले त्यस समयमा आफ्नो शैक्षिक मातृ संस्था एवं यस विशेष शहरको आफ्नो अनुभव तथा विगतमा बिताएका ति क्षणहरुका सम्बन्धमा छलफल गर्नेछन्, जसले त्यस समयको काशीको सम्झनालाई जीवन्त गर्ने छ ।

काशीको सम्झना कार्यक्रमको आधिकारिक फेसबुक अकाउन्ट (www.facebook.com/samparkbharatnp) मार्फत यस कार्यक्रमको प्रत्यक्ष प्रशारण हेर्न सकिने छ |


Loading comments...