चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा भारतीय नागरिक पक्राउ


रुपन्देही । शुद्धोधन गाउँपालिका-३ बेतानीस्थित प्लाई फ्याक्ट्रीमा काम गर्ने नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका-३ घर भएका २२ वर्षीय अवदेश हरिजनको चक्कु प्रहरी गरी हत्या गरेको अभियोगमा भारत गोपालगंज बस्ने १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

सविक्षा स-मील नामको उक्त फ्याक्ट्रीमा काम गर्ने व्यक्तिबिच झैझगडा हुँदा ती किशोरले अवदेशलाई चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका उनको उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

उक्त घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले चक्कु प्रहार गर्ने ती किशोरलाई पक्राउ गरेको हो । साथै चक्कु प्रहारबाट सामान्य घाइते भएका अवदेशका बाबु ४० वर्षीय गोपी चन्दको लुम्बिनी प्रादेशिक अस्पताल उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


Loading comments...