
यो एउटा कविको कोठा हो
७ पुष २०७५, शनिबार ०५:००

यहाँ तिमी हल्ला नगर
जाँउ अन्तै यहाँ सल्लाह नगर
त्यहाँ विस्तारमा मदनको यादमा मुना कोल्टे फेर्दौ छिन,
यो एउटा कविको कोठा हो
तिम्रो कदमहरुलाई मन्द गर
छिटो छिटो त्यो ढोका पनि बन्द गर
निर्मालाको हत्यारालाई थुनेर राखेको छु,
यो एउटा कविको कोठा हो
हेर यि भित्तहरुमा हिमाल देखिन्छन
जसको अगाडि संसारमा सबै सुन्दरता छेकिन्छन्
यसैमा तिमी डुब अनि रमाऊ
यो एउटा कविको कोठा हो
त्यो खुल्ला झयालबाट एउटा भष्ट्रचारी भाग्यो
खोज्न निस्कयौ खै कता त्यो लाग्यो
सबै अपराधीले सजाय पाउछन यहाँ
यो एउटा कविको कोठा हो
यहाँ नानुको त्यो चञ्चल आँखाको नानी
अनी उनको भुल्ने बानीका कुरा हुन्छ
यहाँ मायामा रमाइला पलहरु लेखिन्छन्
यो एउटा कविको कोठा हो
यहाँ मेरो देशको समृद्धिको कुरा हुन्छन्,
सबै जनताको इच्छा चाहना पुरा हुन्छन
विदेशिएका युवालाई फर्काउने जोश हुन्छ यहाँ
यो एउटा कविको कोठा हो
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
कन्फेसन पाठकको चेत र पठन स्तरबारे नेपाली बौद्धिक जमातमा बारम्बार चर्चा, परिचर्चा भइरहने गर्छ । नेपाली पाठकको स्तर उठेको छैन
मणि दाजु, तपाईँले भन्नुभएको छ समाजको विशेषाङ्कको निमित्त म केही लेख दिऊँ, खासगरी पत्रकारिता र त्यो पनि समाजकै समालोचना गरेर
काठमाडौं । बन्द कलेजहरु कहिले खुल्नेछन् ? बिधार्थीहरु आफ्नो करियरको खोजीमा कहिलेवाट शिक्षणसंस्थाहरुमा आवागमन गर्न थाल्नेछन् ? यो प्रश्नको जवाफ
अमेरिका पूर्व राष्ट्रपति “बाराक ओबामा”एक साहित्य प्रेमी,असल पाठक, लेखक, शिक्षकका साथसाथैै उनि एक कुसल राजनितीज्ञ पनि हुन् । केही समय