
विश्वभर ह्वाट्सएप, फेसबुक, म्यासेन्जर तथा इन्स्टाग्रामको सर्वर डाउन, सेवा ठप्प
ट्वीटरमा अहिले विश्वभर ह्वाट्सएप ट्रेण्डिङमा छ । ह्वाट्सएप (Whatsapp) लगायत फेसबुक (Facebook), म्यासेन्जर (Messenger) तथा इन्स्टाग्राम (Instagram)को सेवा विश्वभर अहिले ठप्प भएको छ । अहिलेसम्म यो स्पष्ट छैन की यो किन यस्तो भइरहेको हो । तर, प्रयोगकर्ताहरुले ट्वीटरहरुमा फरक फरक कारणहरुबारे चर्चा गरिरहेका छन् ।
नयाँ दिल्ली
फेसबुक तथा उसको अन्य सहयोगी कम्पनीहरु जस्तै इन्स्टाग्राम तथा ह्वाट्सएप (WhatsApp)को सर्भर डाउन भएको छ । संसारभर सर्वाधिक लोकप्रिय यी तीनवटै एप्लिकेशनहरु अचानक बन्द हुनपुगेका हुन् ।
यस्तो थियो समस्या
सुरुमा प्रयोगकर्ताहरुले आफ्नो मोबाइलमा फेसबुक, म्यासेन्जर लगायत ह्वाट्सएप तथा इन्स्टाग्राम ओपन गर्दा इन्टरफेसमा केही पनि देखिएन । त्यसपछि प्रयोगकर्ताहरुले एक अर्कासँग यसबारे सोधीखोजी गर्दा यी तिनवटै एप्लिकेशनमा समस्या रहेको कुरा आगो झै फैलिएको हो । ट्वीटरमा अहिले प्रयोगकर्ताहरुले एप्लिकेशन निस्क्रिय रहेको स्क्रिनसट सहितका ट्वीट गरिरहेका छन् ।
फेसबुकको आधिकारिक पुष्टिसहितको ट्वीट
“हामीलाई थाहा छ कि अहिले हाम्रा केही एप्लिकेशन तथा प्रोडक्टहरु चलाउँदा प्रयोगकर्ताहरुले समस्या देखेका छन् । हामी हाम्रो एप्लिकेशन सामान्य गर्नका लागि अहिले काम गरिरहेका छौं र चाँडो भन्दा चाँडो प्रयोगकर्ताहरुलाई यसबारे अपडेट दिनेछौं । धैर्यताका लागि धन्यवाद!”
We’re aware that some people are having trouble accessing our apps and products. We’re working to get things back to normal as quickly as possible, and we apologize for any inconvenience.
— Facebook (@Facebook) October 4, 2021