BREAKING | साफ च्याम्पियनसिप : नेपालद्वारा श्रीलंका २ का विरुद्ध ३ गोलले पराजित


काठमाण्डौ । साफ च्याम्पियनसिपको १३ औं संस्करणमा नेपालले जितको सिलसिला कायम राखेको छ । माल्दिभ्समा भर्खरै सम्पन्न खेलमा नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई २ गोलका विरुद्ध ३ गोलले पराजित गरेको छ । यस अघि नेपालले आफ्नो पहिलो खेलमैं घरेलु टोली माल्दिभ्सका विरुद्ध शानदार खेल प्रदर्शन गर्दै शुन्यका विरुद्ध १ गोलले बिजयी भएको थियो ।

मालदिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल स्टेडियम सम्पन्न खेलमा नेपालका तर्फबाट पहिलो गोल खेलको ३३ मिनेटमा सुमन लामाले गरेका थिए भने खेलको ५१ औं मिनेटमा अन्जन विष्टले नेपालका लागि दोश्रो गोल थपेका थिए । खेलको ५७ औं मिनेटमा श्रीलंकाका मार्भीन हेमिल्टनले आकर्षक गोल फर्काउँदै श्रीलंकाका लागि राहतको स्थिति सृजना गरेका थिए ।

१-२ को स्थितिमा रहेको खेलको ८६ औं मिनेटमा आयूष घलानले तेज तामाङको आकर्षक पासमा आफ्नो डेब्यू गोल गरेका थिए । खेल ३ का विरुद्ध १ गोलले अन्तिम् अतिरिक्त समयतर्फ अगाडि बढीरहेको थियो, अतिरिक्त ४ औं मिनेटमा श्रीलंकाले प्राप्त गरेको पेनाल्टिलाई डिल्लन डि सिल्भाले गोलमा परिणत गरेसँगै नेपालले एक गोल अन्तर (श्रीलंका २ – नेपाल ३)ले खेल जितेको छ ।

अंक तालिका हेर्नुहोस्ः


Loading comments...