नेपालकै प्रथम साइबर सेकुरिटी जर्नल प्रकाशन हुने


साइबर सेक्यूरिटी रिसर्च एण्ड इनोभेसन नेपाल र एनपीसर्टको संयुक्त आयोजनामा साइबर सेक्यूरिटी रिसर्च एण्ड इनोभेसन नेपालले प्रकाशन गर्न लागेको नेपालकै प्रथम साइबर सेकुरिटी जर्नलको समुद्घाटन तथा जर्नलका लागि साइबर सेकुरिटी क्षेत्रका बिज्ञहरु बाट लेख रचनाको लागि खुल्ला आह्वान गरिएको छ ।

बढ्दो अनलाइन कारोबार र सुचना प्रविधि क्षेत्रमा देखा परेका नविनतम सेवा सुबिधा संगसंगै थपिएका सुरक्षा चुनौतीलाई अवसरमा बदल्दै मुलुकलाई नै आवस्यक पर्ने साइबर सुरक्षा जनशक्ति तयार गर्न र सुचना प्रविधि प्रयोगकर्तालाई जागरण गर्न आवश्यक रहेकोले रिसर्च र इनोभेसनको साथै प्राप्त सुचना र ज्ञानको प्रयोग गरि साइबर सेक्यूरिटी जर्नल प्रकाशन गर्न लागिएको आयोजकहरुले बताए ।

असोज २० गते सम्पन्न साइबर सेक्यूरिटी रिसर्च एण्ड इनोभेसन नेपालले प्रकाशन गर्न लागेको नेपालकै प्रथम साइबर सेक्यूरिटी जर्नलको समुद्घाटन कार्यक्रम साइबर सेक्यूरिटी रिसर्च एण्ड इनोभेसन नेपालका अध्यक्ष प्रा डा सुबर्ण शाक्यको अध्यक्ष्यतामा भयो जसमा सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सह-सचिब अनिल कुमार दत्तको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि श्री अनिल कुमार दत्तले साइबर सेक्यूरिटी रिसर्च एण्ड इनोभेसन नेपाल र एनपीसर्ट को संयुक्त सहकार्यमा साइबर सेकुरिटी रिसर्च एण्ड इनोभेसन नेपालले प्रकाशन गर्न लागेको नेपाल कै प्रथम साइबर सेक्यूरिटी जर्नल साइबर सुरक्षा चुनौती ब्यबस्थापन र अवसर सिर्जना गर्न कोशेढुंगा साबित हुने बताउनुभयो ।

कार्यक्रमको अध्यक्ष्यता गर्नु हुने प्रा डा सुबर्ण शाक्यले साइबर सेक्यूरिटी रिसर्च एण्ड इनोभेसन नेपाल र एनपीसर्ट को संयुक्त सहकार्यमा साइबर सेक्यूरिटी रिसर्च एण्ड इनोभेसन नेपालले प्रकाशन गर्न लागेको नेपाल कै प्रथम साइबर सेक्यूरिटी जर्नल साइबर सुरक्षाको क्षेत्रमा अन्तरास्ट्रिय स्तरमै अब्बल जर्नल बनाउने बताउनुभयो ।

साइबर सेक्यूरिटी रिसर्च एण्ड इनोभेसन नेपालले प्रकाशन गर्न लागेको नेपालकै प्रथम साइबर सेक्यूरिटी जर्नलमा सुचना प्रबिधि क्षेत्रमा देखिएका जोखिम ब्यबस्थापन, बिश्वोका बिकसित मुलुकका अभ्यासहरु, उपभोक्ता शिक्षा, पास्वोर्ड ब्यबस्थापन, साइबर सेकुरिटी रणनीति सम्बन्धमा अनुसन्धानमुलक लेख रचनाहरु आह्वान गरिएको थियो । उक्त जर्नलको प्रकाशन कार्य समितिको सहयोग र समन्वयमा संयोजनको जिम्मेवारी डा. राजिब सुब्बालाई दिईएको छ ।

सो कार्यक्रममा सुचना प्रविधि विज्ञहरु डा राजिब सुब्बा, रोम कान्त पाण्डे, बाबुराम अर्याल र नरेश लाम्गाधे लगायतका अतिथिहरु को उपस्थिति रहेको थियो र उक्त कार्यक्रम मा अतिथिहरुले सुचना प्रविधि को बढ्दो प्रयोग र उत्पन्न सुरक्ष्या चुनौतिहरु र यसबाट कसरि अवसर सिर्जना गर्न सकिन्छ भन्ने बारेमा चर्चा गरिएको थियो ।

सुचना प्रविधिको बढ्दो प्रयोग र उत्पन्न सुरक्ष्या चुनौतिहरु र यसबाट कसरि अवसर सिर्जना गर्न सकिन्छ भन्ने सन्दर्भमा बढी भन्दा बढी प्रभावकारिता को लागि साइबर सेक्यूरिटी रिसर्च एण्ड इनोभेसन नेपालका अध्यक्ष प्रा डा. सुबर्ण शाक्य र बग भीका फाउण्डर नरेश लाम्गाधे र एनपी सर्टका अध्यक्ष चिरन्जिबी अधिकारि तथा लाम्गाधे बीच छुट्टाछुट्टै सम्झौता (MoU) हस्ताक्षर गरि आगामी दिनमा साइबर सेक्यूरिटी क्षेत्रका चुनौतीलाई अवसरमा बदल्न संगसंगै सहकार्य गर्ने सम्झौता समेत सम्पन्न भएको छ ।

साइबर सेक्यूरिटी विश्वब्यापी समस्याको रुपमा आएको र यसले यो क्षेत्रमा काम गर्ने जनशक्तिलाई राम्रो अवसर समेत संगसंगै ल्याएर आएको तर त्यसलाई हामीले उपयोग गर्न क्षमता अभिवृद्धि गर्नुपर्ने, प्रशस्त साइबर सेक्यूरिटी जनशक्ति तयार गर्नुपर्ने, पूर्वाधार र नीति नियममा धेरै समयसापेक्ष सुधार गर्नुपर्ने र सरकार र निजि क्षेत्रले सहकार्य गर्दै आगाडी बढ्नुपर्ने, साइबर सेक्यूरिटीको बिषय अत्यन्त बृहत रहेको, नयाँ नयाँ प्रबिधिको बिकास र प्रयोग संगसंगै नयाँ नयाँ प्रकृतिका साइबर सेक्यूरिटी चुनौती समेत आउने बताउँदै त्यसका लागि व्यापक क्षमता बिकास र पूर्वाधार तयारिका साथै उपभोक्ता देखि नीति निर्माता र सुचना प्रविधिमा कामगर्ने समूदायमा सहभागितामूलक कार्यक्रम गर्दै समस्याको मिटिगेसन र प्रिकसनमा ध्यान दिन जरुरी रहेकोले यी आवश्यकता पुरा गर्न आवश्यक स्तरको जर्नल प्रकाशन गर्ने र साथ साथै नविनतम प्रविधिसंग हातेमालो गर्दै सुचनाप्रविधि क्षेत्रको अध्ययन अनुसन्धानलाई व्यापक गर्दै लगिने कार्यक्रम संचालक साइबर सेक्यूरिटी रिसर्च एण्ड इनोभेसन नेपालका माहासचिब इन्जिनियर शालिग्राम पराजुलीले बताउनुभयो ।


Loading comments...