उपत्यकामा ब्यापक ठुलो परिमाणमा अवैध आतिसबाजी एवं पटकाजन्य बिष्फोटक सहित एकजना पक्राउ


काठमाण्डौ । ठुलो परिमाणमा भण्डारण गरेर लुकाईछिपाई राखिएका अवैध आतिसबाजी तथा पटकाजन्य सामाग्रीहरुका साथ बारा जिल्ला गढिमाई नगरपालिका वडा नं. ३, गञ्जभवानीपुरका (हालः ललितपुर जिल्ला, वडा नं. १, कुपण्डोल गुसिंगल) ३० वर्षिय उमेश कुमार जैशवाल पक्राउ परेका छन् । बरामद पटका तथा आतिसबाजीजन्य बिष्फोटकहरु १४ सय ९४ केजी रहेको छ ।

उपत्यका बाहिरबाट गैह्रकानूनी रुपमा लुकाई छिपाई ल्याएको पटका, भुईचम्पा लगायतका आतिसबाजी जन्य विष्फोटक पदार्थहरु बिक्री बितरण गर्न भण्डारण भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले अशोज २३ गते ललितपुरको कुपण्डोलस्थित गुसिंगलमा टहरा भाडामा लिई भण्डारण गरिएको अवस्थामा उक्त आतिसबाजीजन्य विष्फोटक पदार्थहरु बामद गरि जैशवाललाई पक्राउ गरिएको हो ।

उक्त आतिसबाजीजन्य विष्फोटक पदार्थहरुको अन्दाजी बजार मुल्य २० लाख बढी रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ । जैशवाललाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को विष्फोटक पदार्थ सम्बन्धी कसुर अन्तर्गतको मुद्दामा आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर जावलाखेल, ललितपुर पठाईएको छ ।


Loading comments...