साफ (SAFF) च्याम्पियनसीपको फाइनल शुरु, उपाधीका लागि भारतविरुद्ध नेपाल – LIVE


माल्दिभ्सको राष्ट्रिय फुटबल स्टेडियममा साफ च्याम्पियनसीपको जारी १३ संस्करणको उपाधीका लागि नेपाल तथा भारतको फाईनल खेल शुरु भएको छ । सेमीफाइनलमा बांगलादेशलाई १ का विरुद्ध १ गोलको सहयोगमा ड्र गरेको नेपालले फाइनलको यात्रा तय गरेको हो भने भारतले माल्दिभ्सलाई १ का बिरुद्ध ३ गोलको अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

साफ च्याम्पियनसीपको १३ औं संस्करणको यस यात्रामा नेपालले पहिलो पटक फाइनलको यात्रा गर्दै इतिहास रच्न सफल भएको हो भने भारतले मात्र ७ पटक उपाधीमाथी कब्जा जमाइसकेको छ । भारत ८ औं पटक च्याम्पियन बन्न चाहन्छ भने नेपाल आफनो साफ च्याम्पियनसीको फुटबल यात्रामा एउटा इतिहास रच्न चाहन्छ ।

यता नेपालका कोच अब्दुल्लाह अल्मुताइरीमाथी साफले रङशाला प्रवेशमा लगाएको प्रतिबन्धले फुटबल प्रेमी नेपालीलाई आक्रोशित बनाएको छ । अब्दुल्लाह अल्मुताइरीले यस विषयमा पत्रकार सम्मेलन गर्दै साफले आफूमाथी ब्यक्तिगत रिसइवी साधेको बयान दिंदै आक्रोश पोखेका छन् ।

छोटो समयमा नेपाली फुटबलको ग्राफलाई उचाईं दिन सफल नेपालका कोच अब्दुल्लाह अल्मुताइरी बेगैर मैदानमा ओर्लिने नेपाली टोलीले जीतको निरन्तर यात्रामा एउटा फरक जीत थप्न कुनै कसर बाँकि राख्नेछैन । यो उपाधी नेपाली फुटबलप्रेमीका लागि मात्र नभई कोच अब्दुल्लाह अल्मुताइरीका लागि पनि विशेष हुनेछ ।


Loading comments...