साफ (Saff) च्याम्पियनसीपः नेपालविरुद्ध भारतको खेल पहिलो हाफ गोलरहित


माल्दिभ्सको राष्ट्रिय फुटबल स्टेडियममा साफ च्याम्पियनसीपको जारी १३ संस्करणको उपाधीका लागि नेपाल तथा भारतको फाईनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सक्किएको छ । साफ च्याम्पियनसीपको १३ औं संस्करणको यस यात्रामा नेपालले पहिलो पटक फाइनलको यात्रा तय गरेको हो ।

पहिलो हाफमा दुवै टोलीले आकर्षक तथा आक्रामक खेल पस्किएका छन् । पहिलो हाफको १० मिनेटभित्र नै नेपालका लागि तेज तामाङले गोलको अवसर गुमाएका थिए, उनले पोष्टका लागि गरेको टार्गेट पोलमा ठोक्किएको थियो । दोश्रो हाफको खेल केहि क्षणमैं प्रारम्भ हुनेछ ।

तस्वीर स्रोतः GoalNepal

प्रतिबन्धका कारण खेलाडीका साथ मैदान छिर्न नपाएका नेपाली कोच अब्दुल्लाह अल्मुताइरीले नेपाली दर्शकदीर्घासँग बसी नेपाली टोलीलाई हौसला दिइरहेका छन् ।

पहिलो हाफको खेललाई गणितमा हेर्नुहोस्

यस्तो छ नेपाल र भारतको टोली लाइनअप


Loading comments...