साफ च्याम्पियनसीपः भारतको दुई गोल लगत्तै नेपालले गर्यो चार खेलाडी परिवर्तन


भारतले ४९ तथा ५० मिनेटको समयान्तरमा गरेको दुई गोल लगत्तै नेपालका तर्फबाट चारजना खेलाडीलाई परिवर्तन गरिएको छ ।

नेपालका तर्फबाट क्रमशः मध्यक्रमका सुजल श्रेष्ठको स्थानमा अर्का मध्यक्रमका खेलाडी आयूष घलानले मैदान प्रवेश गरेका छन् भने रक्षापंक्तीका गौतम श्रेष्ठको स्थानमा मध्यक्रमका विशाल राईलाई मैदान प्रवेश गराइएको छ । त्यस्तै रक्षापंक्तीका सुमन अर्यालको स्थानमा मनिष डाँगी मैदानमा प्रवेश गरेका छन् भने मध्यक्रमका सुमन लामाको स्थानमा सुनिल बलले मैदान प्रवेश गरेका छन् ।

खेलमा भारतले नेपालको ० का विरुद्ध २ गोलले अग्रता बनाईराखेको छ ।

तस्वीर स्रोतः ANFA


Loading comments...