BREAKING | साफ च्याम्पियनसीपः भारतको खेलका सामू नेपाल निरिह, ३ गोल अन्तरले नेपाल पराजित


माल्दिभ्सको राष्ट्रिय फुटबल स्टेडियममा सम्पन्न साफ च्याम्पियनसीपको १३ संस्करणको उपाधीमाथी भारतले कब्जा गरेको छ । यससँगै भारतले ८औं पटक यस च्याम्पियनसीपको ट्रफी उचाल्न सफल भएको हो ।

भारतका लागि दोश्रो हाफको ४९ औं तथा ५० औं मिनेटमा क्रमशः भारतीय कफ्तान सुनिल क्षेत्री तथा मिड फिल्डर सुनिल सिंह वाङजेमले १-१ गोल फर्काएका थिए भने खेलको अन्तिम् अतिरिक्त समयमा (९०+१) भारतका शाहल अब्दुल समादले गोलपोष्टभित्रबाटै नेपाली रक्षाक्रमलाई चकनाचूर पार्दै अर्को गोल थप्दै नेपाललाई निःशब्द बनाएका थिए ।

खेलको अन्तिम् परिणाम भारत ३ – नेपाल ० रह्यो । पहिलो हाफमा दुवै टोलीले आकर्षक तथा आक्रामक खेल पस्किएका थिए । पहिलो हाफको १० मिनेटभित्र नै नेपालका लागि तेज तामाङले गोलको अवसर गुमाएका थिए, उनले पोष्टका लागि गरेको टार्गेट पोलमा ठोक्किएको थियो । त्यो प्रयास नै नेपालका लागि एक्लो र आकर्षक प्रयास रहेको थियो ।

तस्वीरः ANFA

खेलको अन्तिम् नतिजासम्मको गणित हेर्नुहोस्

तस्वीर स्रोतः GoalNepal

Loading comments...