
१९ वर्ष फरार रहेका हत्याका अभियुक्त पक्राउ
१ कार्तिक २०७८, सोमबार १८:११
स्याङजा । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त अर्जुनचौपारी गाउँपालिका-२ बस्ने ५२ वर्षीय पोत बहादुर रोकाहालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
सोही गाउँपालिका-२ बस्ने झलक बहादुर रोकाहालाई २०५९ पुस १७ गते हत्या गरि मारेको आरोप लागेका र घटनापश्चात फरार भई भारतमा लुकिछिपी बस्दै आएका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले उनकै घर ठेगानाबाट पक्राउ गरेको हो ।
उनी उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
इलाम – इलाम नगरपालिका-८ सिङफ्रिङमा गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ । खाल्डोमा गाडिएको अवस्था भेटिएको शव उत्खनन गरिएको
प्रतिमा सिलवाल/ चितवन | जिल्ला प्रहरी कार्यालय चितवनले बाल यौन दुर्व्यवहारको आरोपमा विगत २० दिनमा समातेका पाँच जना पुरुष मध्ये
काठमाडौं – बैंकिङ कसूरका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने धनुषा जनकपुरधाम उप-महानगरपालिका-८ घर भएका ४९ वर्षीय कमल कुमार सिंहलाई
मोरङ । आफ्नै बुबा ८० वर्षीय दल बहादुर खत्रीको कुटपिट गरी हत्या गरेको अभियोगमा बेलबारी नगरपालिका-९ डाँगाबजार बस्ने ३५ वर्षीय