युरिक एसिड र गाउटको लक्षण र समाधान: डा. ओम मुर्ति अनिल


हामीले खाएको खानाबाट प्राप्त हुने प्रोटीनबाट शरीरमा पाचनक्रिया पश्चात बन्ने विभिन्न बिकारहरु मध्ये युरिक एसिड पनि एक हो । शरीरमा बन्ने युरिक एसिड मृगौला भएर पिसाबको माध्यमबाट शरीर बाहिर निस्कन्छ ।

प्रोटिनहरु मध्ये विशेष गरेर प्यूरिन बाट एसिड बन्ने गर्दछ ।अर्थात प्यूरिन बढी भएको खानाको प्रयोग गरेमा शरीरमा युरिक एसिडको मात्रा पनि बढ्ने सम्भावना हुन्छ ।

एउटा स्वस्थ व्यक्तिमा पनि युरिक एसिडको उत्पादन भएपनि मृगौलाबाट निस्किन सक्ने भएकाले रगतमा युरिक एसिडको स्तर नियन्त्रणमा हुन्छ ।

युरिक एसिडको निष्कासनमा समस्या भएमा रगतमा यसको स्तर बढ्न सक्छ ।

डा. ओम मुर्ति अनिल
मुटुरोग विशेषज्ञ

धेरैजसो व्यक्तिमा युरिक एसिडको निस्कासन प्रक्रिया जेनेटिकमा आधारित हुन्छ । थोरै प्रोटिन युक्त खाना खाने व्यक्तिको युरिक एसिड बढी देखिनु र बढी खानेको युरिक एसिड सामान्य हुनु वंशानुगत तथ्यमा आधारित हो ।

अर्थात् खानामा प्रोटिन जति भएपनि मृगौलाको निस्कासन प्रक्रियाले युरिक एसिडको स्तरलाई निर्धारित गर्न प्रमुख भुमिका खेलेको हुन्छ ।

त्यसै गरी प्रोटिनयुक्त खानाको अत्याधिक सेवन गरेमा पनि रगतमा युरिक एसिडको स्तर बढ्न सक्छ । अर्थात् अत्याधिक प्रोटिनयुक्त खानाको सेवन वा युरिक एसिडको निष्कासनमा समस्याले गर्दा रगतमा युरिक एसिडको मात्रा बढ्न सक्छ ।

हाइपर युरिसेमिया र गाउट
रगतमा युरिक एसिडको स्तर बढी हुनुलाई हाइपर युरिसेमिया भनिन्छ । यसले जब शरीरमा असर गरेर जोर्नी दुख्ने अवस्थाको सिर्जना गर्छ, त्यो अवस्थालाई गाउट भनिन्छ । अर्थात युरिक एसिड, हाइपर युरिसेमिया र गाउट तिन फरक कुराहरु हुन् । कहिलेकाहिँ युरिक एसिडको स्तर सामान्य भएर पनि गाउटको लक्षणहरु देखा पर्नसक्छ ।

सामान्य पुरुषको रगतमा युरिक एसिडको स्तर ७ मि.ग्राम प्रतिशत भन्दा कम हुनपर्छ । त्यसै गरी सामान्य महिलाको रगतमा युरिक एसिडको स्तर ६ मि.ग्राम प्रतिशत भन्दा कम हुुनुपर्छ ।

हाइपर युरिसेमिया र आउटका लक्षणहरु
हाइपर युरिसेमियाको प्रायः केही लक्षणहरु हुँदैन । रगतको जााँच गरेको बेलामा मात्रै युरिक एसिड बढेको थाहा हुनुसक्छ ।

लामो समयसम्म युरिक एसिडको स्तर बढी भएमा भृगौलामा पत्थरी बन्ने सम्भावना हुन्छ । हाइपर युरिसेमियाको उच्च रक्तचाप, मोटोपना र मुटु सम्बन्धी रोगहरुसंग पनि सम्बन्ध रहेको तथ्य रिसर्चबाट थाहाहुन्छ ।

तसर्थ हाइपर युरिसेमियाले दुर्गामि रुपमा जोर्नीलार्य मात्र असर नगरी, शरीरका महत्वपूर्ण अंगहरुमा समेत दुष्प्रभाव देखाउन सक्छ । गाउटको दुखाई अचानक सुरुहुन्छ । विशेषतः राति सुतेको बेलामा दुखाईले गर्दा बिरामीको निद्रा टुट्छ ।

दुखाइकाृे तिब्रता पहिलो २४ देखि ४८ घण्टामा अत्याधिक हुन्छ । जोर्नी रातो, तातो र सुन्निएको हुन्छ । खुटट्को बुढी औला बाहेक अन्य जोर्नी, माशपेशीमा पनि यसको असर देखिन सक्छ । युरिक एसिड बढी भएमा जार्नीहरुमा यसको क्रिष्टल थुप्रेर गाउटको दुखाई सुरुहुने मान्यता छ । जार्नीृबाट पानी तानेर, यही युरिक एसिडका क्रिष्टलहरु भए नभएको जाँच गर्ने गरिन्छ ।

हाइपर युरिसेमिया र गाउटका कारणहरु
मदिरा, मृगौलाको समस्या, मोटोपना, औषधी, प्राटिन युक्त खाना, वंशानुगत, थाइराइड र रगतका समस्या आदि ।

युरिक एसिड र गाउटका बिरामीले ध्यानदिनुपर्ने कुराहरु
युरिक एसिड बढी भएको वा गाउट भइसकेको बिरामीले जीवनशैलीमा सुधार ल्याई यसको मात्रालाई नियन्त्रणमा ल्याउनुपर्छ । मदिराको सेवन बन्द तथा मांसाहारी खानेकुराको प्रयोग कम हुनुपर्छ ।

शाकाहारी खानामा पनि गेडागुडी कम खानुपर्छ । दुध र दहीले यरिक एसिडको स्तरलाई नियन्त्रण राख्छ । शरीरमा पानीको कमी हुन नदिन प्रशस्त पानी खानुपर्छ ।

डाक्टरको सल्लाह अनुसार युरिक एसिडको स्तर घटाउने औषधीहरुको नियमित प्रयोग गनुपर्छ । गाउटको दुखाईको बेलामा युरिक एसिडको स्तर कम गर्न औषधी प्रयोग गर्न मिल्दैन । यस्तो बेलामा दुखाई कम गर्न मात्रै औषधी प्रयोग गरिन्छ र पछि युरिक एसिडको स्तर घटाउने औषधी लामो समयसम्म खानुपर्ने हुन्छ ।

खानामा भिटामिन ‘सी’को प्रयोगले युरिक एसिडको स्तर घटाउन सकिन्छ । मोटो व्यक्तिले आफ्नो तौललाई यथासम्भव घटाउन खोज्नुपर्छ ।

उच्च रक्तचाप र मुटुरोगमा प्रयोग गरिने औषधीहरुले पनि युरिक एसिडको स्तर बढाउन सक्ने हुनाले यस्ता औषधीको प्रयोग नगर्दा राम्रो । खानामा नियन्त्रण गर्नु नै युरिक एसिड नियन्त्रणको सर्वोतम उपाय हो ।


Loading comments...