
IND VS PAK LIVE Update: भारत विरुद्ध पाकिस्तान – भारतद्वारा पाकिस्तानलाई १५२ रनको चुनौती
पाकिस्तानलाई १५२ रनको लक्ष्य
टी-२० विश्वकप क्रिकेट अन्तर्गत भर्खरै सम्पन्न पहिलो पारीको भारत-पाकिस्तानबिचको खेलमा भारतले पाकिस्तान सामू १५२ रनको चुनौती पस्किएको छ ।
टस हार्दै पहिले ब्याटिङ रोजेको भारतको खराब शुरुवातको बावजूद भारतीय टोलीले सात विकेट गुमाउँदै १५१ रन बनाएको छ । जसमा महत्वपूर्ण कफ्तानी पारी खेल्दै भारतका कफ्तान विराट कोहलीले सर्वाधिक ५७ रन बनाए । यसका लागि उनले ४९ बल खर्चिएका थिए । उनको यस पारीमा पाँच चौका तथा एक छक्का संलग्न छ ।
Target set 🎯
Pakistan will chase 152 for a victory.
Will they get over the line?#T20WorldCup | #INDvPAK | https://t.co/UqPKN2ouME pic.twitter.com/N4gqUjJLLk
— T20 World Cup (@T20WorldCup) October 24, 2021
—-
भारतको स्कोर – १४६/७
१९.३ ओभरको खेलपछि भारतले ७ विकेट गुमाउँदै १४६ रन बनाएको छ । हार्दिक पाण्ड्या ११ रनको ब्यक्तिगत स्कोरमा हरीस रऊफको शिकार भए ।
—-
१९ ओवर पछि भारतको स्कोर ६ विकेट गुमाएर १४४ रन रहेको छ । हार्दिक पाण्ड्या ९ तथा भुवनेश्वर कुमार एक रन बनाकर क्रीजमा खेलिरहेका छन् ।
भारतको छैठो विकेट ख्स्यो, कफ्तान विराट कोहली आउट
भारतीय कफ्तान विराट कोहली ४९ बलको सहयोगमा ५७ रन बनाएर पवेलियन फर्किएका छन् । भारतीय कप्तान कोहलीलाई शाहीन आफ्रीदीले मोहम्मद रिजवानमार्फत क्याच आउट गराएका छन् ।
—-
भारतलाई पाचौं झटका
१८ औं ओभरको पाँचौ बलमा रवीन्द्र जडेजालाई हसन अलीले मोहम्मद नवाजमार्फत क्याच आउट गराएका छन् । अहिले १८ ओभर पछि भारतक स्कोर १२८/५ रहेको छ । कफ्तान विराट कोहलीले ५७ रन जोडेका छन् भने तथा हार्दिक पाण्ड्याको खाता खुलेको छैन ।
विराट कोहलीले बनाए अर्द्धशतक
भारतीय कफ्तान विराट कोहलीले उत्कृष्ट प्रदर्शन गर्दै पचास रन (अर्द्धशतक) पुरा गरेका छन् । विराट कोहलीले यो अर्धशतकका लागि ४५ रन खेलेका छन् । यसमा चार चौका तथा एक छक्का संलग्न छ ।
—-
भारतको ताजा स्कोर – १००/४
१५ ओभरको खेल पछि भारतले ३ विकेटको क्षतिमा १०० रन बनाएको छ । विराट कोहलीले ३५ बलको सामना गर्दै ३७ रन जोडेका छन् भने रवीन्द्र जडेजाले ८ बलको सामना गर्दै ६ रन बनाएर खेलिरहेका छन् ।
—-
ऋषभ पन्त आउट, गयो चौथो विकेट
१३ औं ओभरको दोस्रो बलमा शादाब खानले ऋषभ पन्तलाई कट एण्ड बोल्ड गरेका छन् । पन्तले ३० बल खेल्दै ३९ रन बनाए, जसमा दुई छक्का तथा दुई चौका रहेको छ । अहिले कफ्तानको काँधमा खेलको पूरा भार आइपरेको छ जसमा कोहली २८ रनको व्यक्तिगत स्कोरमा छन् भने रवीन्द्र जडेजा ४ रन बनाएर खेलिरहेका छन् ।
A big wicket for Pakistan 💥
Shadab Khan dismisses Rishabh Pant for 39 just as he was starting to find his rhythm. #T20WorldCup | #INDvPAK | https://t.co/UqPKN2ouME pic.twitter.com/gOKWOZU4iI
— T20 World Cup (@T20WorldCup) October 24, 2021
—-
१२ ओभर पछि भारले ३ विकेटको क्षतिमा ८१ रन बनाएको छ । विराट कोहली २८ तथा ऋषभ पन्त ३७ रन बनाएर खेलिरहेका छन् । हसन अलीको यस ओभरमा पन्तले लगातार दुई छक्का लगाए ।
—-
भारतको ताजा स्कोर – ६०/३
१० ओभरको खेल सक्किसकेको छ, भारत अहिले तीन विकेटको क्षतिमा ६० रन बनाएर खेलिरहेको छ । अहिले मैदानमा भारतीय कफ्तान विराट कोहली २६ रन तथा ऋषभ पन्त १९ रन बनाएर खेलिरहेका छन् ।
—-
९ ओभरपछि भारतले तीन विकेटको क्षतिमा ५२ रन बनाएको छ । कफ्तान विराट कोहली २४ तथा ऋषभ पन्त १३ रन बनाएर क्रीजमा डटिरहेका छन् । दुवै खेलाडीमाथी अहिले भारतीय क्रिकेट प्रशंसकको भरोसा अडेको छ ।
—-
भारतले ३१ रनको स्कोरमा तेस्रो महत्वपूर्ण विकेट गुमाएको छ । छैठौं ओभरको चौथो खेलमा सूर्यकुमार यादवलाई हसन अलीले विकेटकीपर मोहम्मद रिजवानमार्फत क्याच आउट गराएका छन् । अहिले कोहली तथा ऋषभ पन्तले खेल अगाडी बढाईरहेका छन् ।
तेस्रो ओभरको पहिलो बलमैं भारतले अर्को ओपनर पनि गुमाएको छ । केएल राहुललाई पनि शाहीन आफ्रीदीले नै बोल्ड गर्दै आफ्नो दोस्रो सिकार बनाए । त्यसबखत भारतको स्कोर ६ रनमात्र थियो ।
यस अघि पहिलो ओभरको ५ औं बलमा भारतले आफ्नो पहिलो विकेट गुमाएको थियो । भारतले केवल एक रन जोडेको उक्त ओभरमा रोहित शर्मालाई शाहीन आफ्रीदीले एलबीडब्ल्यू – LBW मार्फत् आउट गरेका थिए ।
Pure 🔥#T20WorldCup #INDvPAK https://t.co/IxSKyuJhLD
— T20 World Cup (@T20WorldCup) October 24, 2021
IND VS PAK T20 World Cup 2021 Live: टी-20 विश्वकपको महाचुनौतीको समय आइपुगेको छ । भारत तथा पाकिस्तानी टोली दुबईको स्टेडियममा एक अर्काको सामना गरिरहेका छन् । विश्वकपको सुपर-१२ चरण अन्तर्गत दुवै टोलीको यो पहिलो खेल हो । यस्तोमा दुवै टोलीले अवस्य पनि आफ्नो उत्कृष्ट खेल पस्किने कोशिस गर्नेछन् । टी-२० विश्वकप क्रिकेटमा पाकिस्तानले अहिलेसम्म भारतलाई हराउन सकेको छैन । यस्तोमा आज फेरी पनि विराट कोहलीको नेतृत्वको भारतीय टोलीले जित निकाल्ने कोशिस गर्नेछन् ।
IND VS PAK T20 World Cup 2021 Live: भारत तथा पाकिस्तानबिचको यो खेल दुबईको क्रिकेट मैदानमा भइरहेको छ । विश्वभर अत्याधिक रुचाइएको क्रिकेट इतिहासका सर्वाधिक लोकप्रिय यी दुवै टोली धेरै लामो समयपछि एकअर्काको सामना गरेका छन् । विश्वभरबाट खेल हेर्न दुवै देशका प्रशंसकहरुको बाक्लो उपस्थितिले खेलमैदान भरिएको छ ।
Fans continue to arrive at Dubai International Stadium for the #T20WorldCup match between India and Pakistan; visuals from outside the stadium#INDvPAK #ICCT20WorldCup2021 pic.twitter.com/paOQZsZWWU
— ANI (@ANI) October 24, 2021