खेल अघि किन घुँडा टेकेर बसे भारतीय खिलाडी? कमाउँदैछ चारैतिर वाहवाही


T20 WC – Ind Vs Pak: भारत तथा पाकिस्तानको खेल प्रारम्भ हुनुअघि भारतीय टोलीले घुँडा टेकेको छ भने पाकिस्तानी टोलीले छातीमा हात राख्दै #BlackLivesMatter – ‘ब्ल्याक लाइफ म्याटर’ मूवमेन्टप्रति समर्थन जनाएका छन् ।

उक्त क्रममा ब्याटिङका लागि मैदान भित्र आएका भारतीय टोलीका ओपनर रोहित शर्मा तथा केएल राहुलले क्रीजमा पुगिसकेपछि एउटा घुँडा टेकेर यस मूवमेन्टका समर्थन गरेका थिए भने भारतीय खेलाडीहरु लामबद्ध हुँदै एउटा घुँडा टेकेर समर्थन जनाएका थिए ।

अर्कोतर्फ बलिङका लागि मैदान प्रवेश गरेको पाकिस्तानी टोलीका सबै खेलाडीले छातीमाथी हात राख्दै #BlackLivesMatter – ‘ब्ल्याक लाइफ म्याटर’ मूवमेन्टप्रति समर्थन र सम्मान दर्शाएका थिए ।

भारत तथा पाकिस्तान बीच जारी टी-२० विश्वकप क्रिकेटको यस सर्वाधिक प्रतिक्षारत खेल हो । दुबै टोली लामो समय पश्चात एकअर्का विरुद्ध खेल खेलीरहेका छन् ।

भारतको प्लेइङ-११: केएल राहुल, रोहित शर्मा, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा, भुवनेश्वर कुमार, वरुण चक्रवर्ती, मोहम्मद शमी, जसप्रीत बुमराह

पाकिस्तानको प्लेइङ-११: बाबर आजम, मोहम्मद रिजवान, फखर जमान, मोहम्मद हफीज, शोएब मलिक, आसिफ अली, शादाब खान, इमाद वसीम, हसन अली, हारिस रऊफ, शाहीन शाह आफ्रीदी


Loading comments...