माइग्रेन हेडेक: डा. ओम मुर्ति अनिल


यो समस्या महिलामा बढी देखिन्छ । विशेष गरेर युवा अवस्थामै सुरु हुन्छ र ४०/ ५० वर्षसम्म रहन्छ । महिलामा धेरै देखिने कारण हार्मोनसँग सम्बन्धित भएको धारणा छ । पुरुषमा पनि माइग्रेन हेडेक १५ देखि ४० वर्षको उमेरमा बढी देखिन्छ । वृद्ध अवस्थामा यो समस्या कम देखिन्छ । ५० वर्षभन्दा बढी उमेरका व्यक्तिलाई टाउको दुखेमा अन्य कारण हुनसक्छ, त्यसैले न्यूरोलोजिष्टसँग जाँच गराउनुपर्छ । माइग्रेनको दुखाई धेरैजसो टाउकोको एकातिर हुनेगर्छ । दुखाई विस्तारै विस्तारै बढ्दै जान्छ । मुटुको चालसँगै टाउकोको नशा पनि ढुकढुक गरेको अनुभव हुन्छ । घाउ दुखे जस्तै दुख्ने गर्दछ । टाउको दुखाई बढ्दै जाँदा वाकवाकी र वान्ता हुनसक्छ । वान्ता भएपछि टाउको दुख्न कम हुनथाल्छ ।

डा. ओम मुर्ति अनिल
मुटुरोग विशेषज्ञ

टाउको दुख्ने बेलामा उज्यालोमा वा घाममा जाने इच्छा हुँदैन । अँध्यारोमा एक्लै बस्ने र अरुले बोलेको मन नपर्ने आदि लक्षणहरु देखापर्न सक्छन् । सुतेर उठेपछि दुखाई कम हुनथाल्छ । धेरै बिरामीलाई टाउको दुख्नुभन्दा केहीबेर अगाडि नै थाहा हुनसक्छ । यसलाई ‘अउरा’ भनिन्छ । टाउको दुख्नेसँगै रिंगटापनि लाग्नसक्छ । माइग्रेनको टाउको दुखाईलाई इपिसोडिक भनिन्छ । यसको अर्थ यो आउने र जाने हुन्छ । पुरै दुखाई केही घण्टाको मात्रै हुन्छ र २४ घण्टाभित्र ठीक भईहाल्छ । कहिलेकाहीँ मात्रै एउटा इपिसोड २४ घण्टा भन्दा बढी हुन्छ ।

के गर्दा सुरु हुन्छ माइग्रेन हेडेक ?
माइग्रेनको विरामीले केही कुरामा संयम गर्नु जरुरी हुन्छ । खानपिन वा जीवनशैलीमा अनुशासन नभएमा माइग्रेन हेडेक पटकपटक हुनेगर्छ । त्यसैले प्रत्येक बिरामीले माइग्रेनको अट्याकलाई कम गर्न निम्न कुराहरुमा ध्यान दिनुपर्छ ।

माइग्रेन हेडेक हुन नदिन गर्नुपर्ने कुराहरु:

  • खाली पेट धेरै वेर नबस्ने
  • चिसोमा नवस्ने, गर्मीमा नहिँड्ने
  • चकलेट, क्रिम धेरै नखाने
  • टाउको दुख्ने वित्तिकै पारासिटामोल खाने
  • मानसिक तनाव कम गर्ने

टेन्सन हेडेक:
यो समस्या पनि धेरै मानिसलाई हुन्छ । माइग्रेनको तुलनामा यो पुरुषमा बढी देखिन्छ । यसमा एकनासले टाउको दुखी राख्ने हुन्छ । टाउको मन्द मन्द वा जोडले दुख्नसक्छ । कहिलेकाहीँ एउटै बिरामीलाई माइग्रेन र टेन्सन हेडेक दुवै हुनसक्छ । टेन्सन हेडेक मानसिक तनावले मात्र हुँदैन ।अरु कारणहरु पनि हुनसक्छ । टेन्सन हेडेक बिस्तारै सुरु हुने र बिस्तारै निको हुने गर्दछ । टेन्सन हेडेक दुखाईको तिव्रता माइग्रेन भन्दा कम हुन्छ ।


Loading comments...