रबीन्द्र मिश्र राजतन्त्रको पक्षमा उभिनु राप्रपाको सफलता, अब सहकार्य हुन्छ – कमल थापा


काठमाडौ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रवीन्द्र मिश्रसँग तालमेल गर्ने सम्भावना रहेको बताएका छन्। एउटा टेलिभिजन अन्तरवार्ताका क्रममा उनले रबीन्द्र मिश्र राजसँस्थाको वकालतमा आउनु आफ्नो सफलता भएको बताए।
केही समय अगाडी मात्रै आफ्नो विवादित राजनीतिक प्रतिवेदनमा पूर्व-पत्रकार मिश्रले गणतन्त्र आयातित व्यवस्था भएको र राजा ज्ञानेन्द्रको स्वीकार्यता बढेको बताएका थिए। राप्रपाको जस्तै मिश्रले पनि राजतन्त्रको पक्षपोषणसँगै संघीयता खारेजी र हिन्दुराज्यको पक्षमा बोल्न थालेका छन्।

प्राइम टिभिका पत्रकार ऋषि धमलाले रवीन्द्र मिश्र पनि राजाको पक्षमा उभिएका छन्… भन्दा राप्रपा अध्यक्ष थापाले भने, ‘उहाँको यो कदम सकारात्मक छ। यो मेरो त सफलता हो।’ अध्यक्ष थापाले मिश्रलाई राजतन्त्रको पक्षमा बोलेकैले अनावश्यक निन्दा भएको भन्दै बचाउ पनि गरे।

चुनावमा तपाईँहरुको बीचमा सहकार्य हुन सक्छ? भन्ने धमलाको प्रश्नमा थापाले थपे, ‘मिश्रजी र राप्रपाको राजनीतिमा समानता छ। अहिले त वैचारिक निकटता पनि भएको छ। भोलीको दिनमा हाम्रोबीचमा सहकार्य हुन सक्छ।’


Loading comments...