मानव बेचविखनमा संलग्न रहेको अभियोगमा नृत्य प्रशिक्षक पक्राउ


काठमाडौं, मानव बेचविखनमा संलग्न रहेको अभियोगमा चितवन भरतपुर महानगरपालिका-१० बस्ने ५० वर्षीय बिश्वबन्धु घिमिरेलाई गत शनिबार भरतपुर महानगरपालिका-२ क्षेत्रपुरबाट प्रहरीले पक्राउ गरेको छ ।

घिमिरेले नृत्य सिक्ने क्रममा चिनजान भएकी १९ वर्षीया किशोरीलाई आफू कोरियोग्राफरको काम गर्ने तथा दुबईमा स्टेज शो मा महिनाको १ लाखदेखि ४ लाखसम्म कमाई हुने गरी लैजाने प्रलोभन देखाएकोमा उमेर नपुगेकोले जान नमिल्ने भन्दै २०७० फागुन ४ गते काकडभिट्टा हुँदै भारतको सिलगुढीबाट बैंगलौर पुर्‍याई चिफ ईन र सेनोरीता भन्ने रेष्टुरेन्टमा जबरजस्ती यौन व्यवसायमा लगाउने गरी बेचबिखन गरेको अवस्थामा किशोरीले आफन्तलाई जानकारी गराएपश्चार माईती नेपालको सहयोगमा उनलाई २०७१ वैशाख १५ गते उद्धार गरी नेपाल फिर्ता गरिएको थियो ।

नेपाल आएपश्चात पीडितको जाहेरीका आधारमा प्रहरी प्रधान कार्यालय मानव बेचविखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले घिमिरेलाई पक्राउ गरेको हो । घिमिरेले विगत ३० वर्षदेखि विभिन्न नृत्य केन्द्रहरूमा नृत्य प्रशिक्षकका रुपमा काम गर्ने गरेको खुल्न आएको छ ।

उनीउपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।


Loading comments...