जाली नोट र जाली नोट बनाउन प्रयोग हुने उपकरण सहित सुकन महतो पक्राउ


महोत्तरी, गौशाला नगरपालिका-५ गौशाला बजार डेरा गरी बस्ने सोही नगरपालिका-९ डुमरवाना घर भएका ४४ वर्षीय सुकन महतोलाई नेपाली तथा भारतीय जाली नोट तथा जाली नोट बनाउन प्रयोग हुने उपकरण सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

महतोले जाली नोट बनाउन प्रयोग हुने उपकरण सहित विभिन्न दरका नेपाली र भारतीय नोट छापेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले नोट बनाउन प्रयोग हुने उपकरण, नेपाली तथा भारतीय कटिङ गरिएको र नगरिएको नक्कली नोटहरू, सक्कली नेपाली तथा भारतीय नोटहरू सहित उनलाई पक्राउ गरेको हो ।

उक्त ठाउँबाट तयारी तथा कटिङ नगरेको विभिन्न दरको नोट गरी ८ लाख ८२ हजार ४ सय २० नक्कली नेपाली रुपैयाँ, विभिन्न दरको कटिङ गरिएको र नगरिएको नोट गरी २ लाख ७७ हजार ९ सय ७० नक्कली भारतीय रुपैयाँ, विभिन्न दरको नोट गरी ५ हजार ७० नेपाली सक्कली रुपैयाँ, विभिन्न दरका नोट गरी २६ सक्कली भारतीय रुपैयाँ, १ थान कैची, १ थान प्रिन्टर, १ थान रवर स्टाम्प, लालीगुराँस छाप भएको फलामको ३ थान ढ्याक, महात्मागान्धी छाप भएको फलामको १ थान ढ्याक, ३ रिम कम्प्युटर पेपर, २ थान काठको ट्रेस फर्मा र १ थान मोबाईल बरामद भएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।


Loading comments...