नेपाल बार भित्रै दुई अधिवक्ताबीच हानाहान


रामशाहपथस्थित नेपाल बार एशोसिएसन परिसरभित्रै अधिवक्ताद्वय भूमिनन्द चुडाल र विराट न्यौपानेबीच हात हालाहाल भएको छ ।

नेपाल बार एशोसिएसन परिसरभित्रबाट अधिवक्ता न्यौपानेले चुडाललाई गल्हत्याउँदै गेटबाहिर लग्ने कोसिस असफल भएपछि अन्य अधिवक्ताहरुले सम्झाउने कोशिस गर्दागर्दै न्यौपानेले चुडाललाई हुत्तिएर झापड लगाएका थिए, त्यसपछि चुडालले पनि प्रतिवाद गर्ने कोशिस गरेसँगै विवाद सुरु भएको थियो ।

विवाद ठ्याक्कै के विषयमा भयो भन्ने कुरा सपष्ट नभएपनि व्यक्तिगत टसल भएको हुनसक्ने चर्चा चलेको छ ।

चुडालले उपस्थित पत्रकारहरुसँग कुरा गर्दै “यो विधी फेल भएको र न्यायालय बन्धक बनाउनु हुन्न, सर्वसाधारणले दु:ख पाए, इजलास सूचारु हुनुपर्छ” भन्ने कुरा मैले भन्दै गर्दा ममाथि आक्रमण भयो । म कानुनी उपचारमा जान्छु,’ बताउनुभयो । रुँदै आफ्नो कुरा राख्नुभएका चुडालले “लोकतन्त्र खत्तम भइसक्यो, राजतन्त्र नल्याइ छाड्दिन” भन्नुभएको थियो ।

नागरिकवृत्तमा अहिले यस घटनाको चर्को आलोचना भइरहेको छ । जिवनीकार तथा समालोचक नरेन्द्रराज प्रसाईं लेख्नुहुन्छ, “कानुनका ज्ञाता मानिने वकिलले नै हात छोडेपछि अब के हुन्छ ? न्यायलयभित्रै कुटाकुट गर्न, न्यायलयको बर्खिलाप गर्न, देशमा भ्रष्टाचार गर्न, समाजमा अराजकता मच्चाउन अनि देशद्रोह गर्नका लागि नै यदि गणतन्त्र आएको हो भने हामीलाई यस्तो व्यवस्था चाहिएन ।”


Loading comments...