Lifestyle Portal
  •   १३ मंसिर २०७८, सोमबार

छैठौँ आयुर्वेद दिवस अन्तरगत “आरोग्यको लागि आयुर्वेद–सम्भावना र चुनौती” विषयक वेबिनार सम्पन्न

१५ कार्तिक २०७८, सोमबार १३:४०

आयुर्वेद दिवसको उपलक्ष्यमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावास, काठमाडौं र आयुर्वेद क्याम्पस, चिकित्सा शास्त्र अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयले संयुक्त रुपमा “आरोग्य सप्ताह” को आयोजना गरेको छ । उक्त सप्ताहव्यापी उत्सवको अवसरमा “आरोग्यको लागि आयुर्वेद–सम्भावना र चुनौती” शीर्षकमा एक अन्तर्राष्ट्रिय वेबिनारको आयोजना गरियो । आयुर्वेद दिवस (धन्वंतरी जयन्ती) नेपालमा राष्ट्रिय आरोग्य दिवसको रूपमा पनि मनाइन्छ ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा डा शिवलाल भुसाल, चिकित्साशास्त्र अध्ययन संस्थानका सहायक डिन प्रा डा प्रदीप वैद्य, आयुर्वेद क्याम्पसका क्याम्पस प्रमुख डा शिव मंगल प्रसाद लगायत अन्य शिक्षाविद्हरुको उपस्थिति रहेको थियो । कार्यक्रममा भारतीय दूतावासका प्रेस, सूचना तथा संस्कृति प्रभागका प्रथम सचिव श्री नवीन कुमारको पनि उपस्थिति रहेको थियो । वहाँले विशेषगरी कोभिड–१९ महामारीको समयमा आयुर्वेदको उपयोगिताबारे प्रकाश पार्नु भएको थियो । वेबिनारमा भारत, नेपाल र अन्य देशका करिब २०० जना विज्ञ र विद्यार्थीको सहभागीता थियो ।

अष्टांगम आयुर्वेद चिकित्सालयम र विद्यापीठम, केरला, भारतका प्रधानाध्यापक र प्रमुख चिकित्सक प्रा डा अलाथियुर नारायणन नाम्बी, र इन्स्टिच्युट अफ इन्डिजिनस मेडिसिन, कोलम्बो विश्वविद्यालय, श्रीलंकाका डा एस.एम.एस समाराकुनले मुख्य वक्ताको रूपमा आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो ।

यो कार्यक्रम भारतको स्वतन्त्रताको ७५ वर्षको उपलक्ष्यमा वर्षभरी मनाउन गइरहेको “आजादीको अमृत महोत्सव”को एक हिस्साको रूपमा आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

भारत सरकारको नेरु. १ करोड २७ लाख आर्थिक सहयोगमा दार्चुला जिल्लाको खलंगा, तिंकरमा अवस्थित श्री मोती महिला संघ प्राथमिक विद्यालयको

विश्व वातावरण प्रदूषित हुँदै गएकोमा विश्वका पश्चिमा मुलुकहरू जति चिन्तित देखिएका छन् त्यति अफ्रिकी र एशियाली मुलुक देशहरू छैनन्। विश्व

काठमाण्डौ । रक्तचन्दनको तेलको अबैध कारोबारमा संलग्न रहेको अभियोगमा १० जनालाई ३३ लिटर रक्तचन्दनको सुगन्धित तेल सहित बिहीबार प्रहरीले पक्राउ

कास्की । पोखरा महानगरपालिका-३३ गगनगौंडाबाट १ लाख ९४ हजार २ सय अमेरिकी डलर सहित पोखरा महानगरपालिका-९ शिवालय चोक बस्ने मुस्ताङ