अवैध रुपमा ल्याएको सुनसहित पक्राउ


काठमाडौं महानगरपालिका-२६ मित्रनगर बुद्धमार्गबाट रुपन्देही सैनामैाना नगरपालिका-६ घर भई हाल मित्रनगरस्थित होटल परेली डिलक्समा बस्ने ३५ वर्षीय बसन्त लम्साललाई अवैध रुपमा ल्याएको ३ सय ग्राम तौलको ६ थान सुन जस्तो देखिने पहेलो धातुको बाला सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले बुद्धमार्गस्थित सडकमा जाँच गर्नेक्रममा उनको साथबाट उक्त धातु फेला पारी पक्राउ गरेको हो ।

उनलाई उक्त धातु सहित आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको महानगरीय प्रहरी प्रभाग गोंगबुले जनाएको छ ।


Loading comments...