जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


झापा, ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका-११ आरती टोल बस्ने ५५ वर्षीय देवी बहादुर कुँवरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


Loading comments...