
प्रधानमन्त्री शेरबहादुर देउबा र भारतीय समकक्षी मोदीबीच भेट
ग्लासगो । राजनीतिक संकटका बिच अध्यादेश मार्फत् प्रधानमन्त्री भइसकेपछि पहिलोपटक शेरबहादुर देउबा र भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटघाट भएको छ । भारतीय प्रधानमन्त्री मोदीले ट्वीटरमार्फत भेटबारे सार्वजनिक गर्नुभएको छ ।
ट्वीटमा लेखिएको छः प्रधानमन्त्री शेरबहादुर देउवासँग भारत-नेपाल मित्रताका धेरै पक्षहरूमा फलदायी छलफल भयो । विश्वव्यापी महामारी विरुद्ध लड्न र दिगो विकास प्रवर्द्धनसँग सम्बन्धित विषयहरू हाम्रो द्विपक्षीय मित्रताका महत्वपूर्ण आयामहरू हुन् ।
प्रधानमन्त्री @SherBDeuba सँग भारत-नेपाल मित्रताका धेरै पक्षहरूमा फलदायी छलफल भयो। विश्वव्यापी महामारी विरुद्ध लड्न र दिगो विकास प्रवर्द्धनसँग सम्बन्धित विषयहरू हाम्रो द्विपक्षीय मित्रताका महत्वपूर्ण आयामहरू हुन्। pic.twitter.com/dBvO4lZOaC
— Narendra Modi (@narendramodi) November 2, 2021
भेटबारे भारतीय विदेश सचिव हर्ष श्रृंगलाले मेडिया ब्रिफिङ गर्दै, नेपालका प्रधानमन्त्री शेरबहादुर देउबाले भारतीय मोदी भूकम्प पछिको पुनर्निर्माण तथा राहतका लागि भारत सरकारले नेपालका लागि जुन गति र प्राथमिकतामा राखेर सहयोग प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो । उक्त सहयोगमा गोर्खा जिल्लामा ५० हजार घरहरुको निर्माण पनि सामेल छ ।
नयाँ प्रधानमन्त्री चयनका लागि सर्वोच्चको परमादेश पछि गत २०७८, श्रावण ४ गते विश्वासको मतका लागि नेपाली काँग्रेसका सभापती देउबाले कुल २७५ भोट मध्यबाट १६५ बहुमत भोट प्राप्त गर्नुभएको थियो । मतदान प्रक्रियामा कुल २४९ सांसदहरु सहभागी भएका थिए । जसमध्येका १६५ भोट प्रधानमन्त्री देउबाको पक्षमा खसेको थियो । जसबाहेक केवल ८३ भोट उनको विरुद्ध खसेको थियो । प्रधानमन्त्री देउबाले जनताको संसदबाट जनादेश स्वरुप विश्वासको मत प्राप्त गरेसँगै छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आधिकारीक ट्वीट ह्याण्डलमार्फत नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउबालाई बधाई ज्ञापन गर्नुभएको थियो ।
ग्लासगोमा सम्पन्न मेडिया ब्रिफिङका क्रममा भारतीय विदेश सचिव श्रृंगलाले अगाडी थप्नुभयो, “कैंयन विद्यालय तथा अस्पतालहरु र कैंयन सांस्कृतिक पुरातात्वीक महत्वका स्थलहरुको पुनर्स्थापनामा भारतले सहयोग गरेको छ । ति संरचना तथा पूर्वाधारहरु २०७२, बैशाख १२ मा आएको महाविनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएको थियो । सीमापारी पेट्रोलियम पाइपलाइनको स्थापना भएको छ जसले भारत तथा नेपालकोबिच अरु पाइपलाइन परियोजनाहरुको उपयोगितालाई पनि जोडेको छ ।”
मेडिया ब्रीफिङ गर्दै प्रधानमन्त्री देउबाले, “वैश्वीक स्वास्थ्य संकट कोभिड-१९ सँग लड्न नेपाललाई समयमैं खोप उपलब्ध गराएकोमा भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आभार तथा धन्यवाद व्यक्त गर्दछु, जसमा केही समय अघि नेपाललाई थप दस लाख खोपको डोज पनि सामेल छ । “छिटो भन्दा छिटो, समय मिलेसम्म” नेपाल भ्रमणका लागि प्रधानमन्त्री मोदीलाई म हार्दिक निमन्त्रणा गर्न चाहन्छु ।”
PM @narendramodi met PM of Nepal @SherBDeuba today. In their first engagement since PM Deuba assumed office, the two leaders discussed ways to further strengthen our close bilateral ties.
Also discussed climate,COVID-19 & resolved to work together toward post pandemic recovery. pic.twitter.com/v2u1X3gkfj
— Arindam Bagchi (@MEAIndia) November 2, 2021
दुबै नेताहरुबिच कोभिड-१९ महामारीका विरुद्ध भईरहेका प्रयासहरुका, जलवायु परिवर्तनका मुद्दा तथा द्विपक्षीय सहयोगलाई थप बलियो बनाउने तरीकाहरुबारे छलफल भएको थियो । दुवै नेताहरुले महामारीका क्रममा भारत तथा नेपालकाबीच उत्कृष्ट सहयोग तथा सहकार्यको समेत चर्चा भएको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ५ दिने सम्मेलनबाट आजै भारत फर्किसक्नुभएको छ ।
Prime Minister @narendramodi arrives in New Delhi after a successful five day visit to Italy and UK.
During the visit, PM Modi attended #G20Summit in Rome and World Leaders’ Summit of #COP26 in Glasgow and also held several bilateral meetings. pic.twitter.com/5q7auj1tXm
— All India Radio News (@airnewsalerts) November 3, 2021