Lifestyle Portal
  •   १३ चैत्र २०७९, सोमबार

देशभर छठ पूजाको रौनक: पूर्वयुवराज्ञी हिमानी शाह वीरगञ्जमा

२४ कार्तिक २०७८, बुधबार २१:१५


सूर्यको उपसनाको चाड छठ पूजाको रौनक देशका अधिकांश भागमा छाएको छ । तराईका सबै ठाउँहरुमा छठ पर्वलाई ब्यापक तयारीका साथ मनाइने गरिन्छ । त्यसमा पनि पर्सा जिल्लाको सदरमुकाम वीरगञ्जको छठ र छठ पर्वमा समर्पित वीरगञ्ज शहर अद्भूत छ । यही अद्भूत अध्यात्मिक अनुभूतीका लागि पूर्व युवराज्ञी हिमानी शाह वीरगञ्ज पुग्नुभएको छ ।

तस्वीरः यूथ्सअफवीरगञ्ज

पूजा अवलोकन तथा दर्शनका लागि पूर्व युवराज्ञी शाह वीरगञ्जस्थित घडिअर्वा पोखरी छठघाट पुग्नुभएको हो । छठघाट पुगेर वहाँले पूजापाठ गर्नुभएको थियो । वीरगञ्ज आए लगत्तै राजतन्त्रको पक्षमा ब्यापक नाराबाजी समेत भएको थियो ।

वीरगञ्जको तस्वीरको चर्चाः
हरेक वर्ष छठ पर्वका बखत विशेष साजसज्जा, झिलिमिलि तथा अध्यात्मिक भाव दिने वीरगञ्ज जहिल्यै चर्चाको शिखरमा हुन्छ र यस वर्ष पनि अँध्यारोमा उजेलिएको आकर्षक वीरगञ्ज शहर र त्यस शहरमा दुलही झै श्रृंगारिएको घडिअर्वा पोखरीको ताजा तस्वीरले पनि सुन्दर अध्यात्मिक शहर वीरगञ्जलाई एकशब्दमा ब्याख्या गर्दछ । उक्त तस्वीर वीरगञ्जेली पत्रकार मनिस पौडेलले खिचेका हुन् ।

तस्वीरः मनिष पौडेल

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

विक्रम संवत् २०७९ को पहिलो सूर्य ग्रहण (Surya Grahan – Solar eclipse of April 30, 2022) बैशाख १७ गते मा

काठमाण्डौ । २०७९ सालमा विवाह र व्रतबन्धका लागि प्रशस्तै लगनहरु जुरेका छन् । ‘नेपाल पञ्चांग निर्णायक विकास समिति’का अनुसार नयाँ

आज छठको तेस्रो र मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यको पूजाआरधना गरी अर्घ दिइँदैछ । भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि

हिन्दू पञ्चाङ अनुसार कार्तिक महिनाको शुक्ल पक्षमा पर्ने द्वितीया तिथिका दिन भाइटीका पर्व मनाउने गरिन्छ । भाइटीकालाई भैया दूज, यम