
पत्थरको मुर्ति जस्ती तिमी
८ पुष २०७५, आईतवार ०६:००

एउटा मायाको विश्वास मनमा थियो
त्यही विश्वासमा बाले कयौ दियो
सुगन्धित बासनाका धुपले तिम्रो परिक्रमा गरे
के महसुस गर्ने तिमीले पत्थरको मुर्ति जस्ती तिमी
बोटबाट फुलाई अलगबनाई तिम्रो चरणमा राखे,
कयौ ब्रतहरु बसि तिमीलाई नै भाके
के अर्थ त्यो फुलको त्याग तिमीलाई पत्थरको मुर्ति जस्ती तिमी
मन्दिरको घण्टी सरी तिम्रो मोवाइलमा घण्टीको कुनै लेखा पनि छैन
एउटा आशा मात्र छ त्यो माया कहिल्यै देख्या पनि छैन
के मतलब एउटा भक्तको आशाको तिमीलाई पत्थरको मुर्ति जस्ती तिमी
मायाका मन्त्रहरु अनि भजनहरुले तिमीलाई जगाउन खोज्दा
मनको मन्दिरमा सधैको लागि सजाउन खोज्दा
मस्त निन्द्रामा के सुन्थ्यौ तिमीले मनका कुराहरु पत्थरको मुर्ति जस्ती तिमी
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नइ प्रकाशनको प्रतिष्ठा, गरिमा र महिमाको उचाइ अभिवृद्धिका लागि विशिष्ट योगदान पुर्याएबापत देशदेशान्तरका महानुभावलाई ‘नइ रजत महोत्सव पदक’ अर्पण गर्ने
त्रिमूर्ति निकेतनले राजधानी काठमाडाैँमा आज सोह्रौँ त्रिमूर्ति दिवस मनायाे । त्यस अवसरमा महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले विभिन्न महानुभावलाई त्रिमूर्ति निकेतनका विविध
स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भारतीय कवि नरेश शांण्डिल्यको स्वागत सम्मान तथा नेपाल-भारत कविता
नइ प्रकाशनले पन्ध्र वर्ष ननाघेका आठ जना बालबालिकालाई २०७८ सालको ‘नइ बाल पुरस्कार’ समर्पण गर्ने घोषणा गरेको छ । नइ