Lifestyle Portal
  •   २० आश्विन २०७९, बिहीबार

संविधान र कानुनभन्दामाथि राजतन्त्रमा राजा विष्णुका अबतार भएजस्तै के न्यायधिशहरु भगवान हुन् ?

२८ कार्तिक २०७८, आईतवार १९:३७

लोकप्रिय

राधा पोखरेल- राष्ट्रिय राजनीतिको सरगर्मी बढेका बेला देश चिसोले कठ्यांग्रिएको छ । जनता चिसोले कठ्यांगि्रएका बेला नेताहरू वातानुकूलित बंगलामा बसेर सत्ताको अंकगणित मिलाउन कोशिस गरिरहेका छन् । राज्यविनाको नागरिक हुदैन र नागरिक विनाको राज्य हुँदैन । राज्य सबैको संरक्षक हो । सरकार अभिभावक हो । तर के देश र जनताप्रति उत्तरदायी नेता र पार्टीहरू छन् ? यदि छन् भने हामी नागरिकलाई जवाफ चाहियो ।

लोकतन्त्रको एउटा मुख्य पिलर न्यायालय पनि हो । न्यायालयको स्वच्छता र निश्पक्षताविना लोकतन्त्र सुदृढ हुन सक्दैन । न्यायालयको स्वच्छता र निश्पक्ष र गरिमालाई लिएर विभिन्न समयमा विभिन्न कुराहरू उठ्दै आइरहेका हुन्छन् ।

न्यायालयको मानहानीको अभियोगमा डा. गोविन्द केसी २०७४ पुष २४ मा गिरफ्तारीमा परेका थिएँ । मलाई लाग्छ, डा. केसीले न्यायालयको स्वच्छता, निश्पक्षता र गरिमालाई अझ उचाइमा उठाउन त्यस प्रकारको कदम उठाएका थिएँ ।नेपालको सन्दर्भमा डा. केसी भ्रष्टाचारविरूद्ध उभिएका एक योद्धा हुन् । अभियन्ता हुन् । सदाचारका एक प्रतीक हुन् ।

न्यायाधीश विवादित हुनुहुँदैन । त्यसमाथि झन प्रधानन्यायधीश त विवादित हुनै हुँदैन । वर्तमान प्रधानन्यायधीशज्यू पनि विवादमुक्त बन्न सक्नुभएको छैन । यो विडम्वना हो । न्ययाधीशहरू भगवान हुन्, उनीहरूले कहिल्यै गल्ती नै गर्दैनन् । तसर्थ, भगवानको आलोचना गर्नु अपराध हो । यस्तो पक्कै होइन । लोकतन्त्र भनेको पक्कै पनि विधिको शासन हो । अराजकता लोकतन्त्रमा स्वीकार्य हुँदैन ।

हिजो राजतन्त्रमा मात्रै राजा विष्णुका अवतार थिए । संविधान र कानुनभन्दामाथि थिए । के हाम्रो न्यायालय र न्यायाधीश पनि त्यस्तै हुन् ? हामी जनतालाई जवाफ चाहियो । यदि हामी लोकतान्त्रिक मुलुकका सार्वभौम नागरिक हौं भने नागरिकलाई आलोचनाको स्वतन्त्रता हुनैपर्छ । तर, हरेक नागरिकले मर्यादाको ख्याल भने राख्नैपर्छ । तर, सबैले एउटा कुरा हेक्का राख्नैपर्छ, सत्य निरपेक्ष हुँदैन, सापेक्ष हुन्छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नाबालिकालाई बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कफ्तान क्रिकेटर सन्दीप लामिछाने कतार एयरवेजको क्यूआर-६४८ नम्बरको

भारत–नेपाल सचिवस्तरीय संयुक्त जलस्रोत समितिको नवौँ बैठक भारत सरकार जलशक्ति मन्त्रालय अन्तर्गतको जलस्रोत, नदी विकास एवं गंगा संरक्षण विभागका सचिव

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपाल सरकारका माननीय गृहमन्त्री बालकृष्ण खाणले आज काभ्रेपलाञ्चोकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माणका

यदि तपाई नेपाल र विश्वभरका ताजा समाचार, ब्रेकिङ समाचार, अपडेटहरूसँग जुटिरहन चाहनुहुन्छ भने, ‘नेपाली पात्रो’मा समाचारको नयाँ सुविधा सहितको Android