
आजदेखि हात्ती महोत्सव चितवनमा
११ पुष २०७५, बुधबार १३:४०
विश्व सम्पदा सुचीमा सुचीकृत नेपालको चितवन राष्ट्रिय निकुन्ज पर्यटकिय दृष्टीकोणले निकै लोक प्रिय मानिन्छ । करिव ९५२.६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको सो निकुञ्जमा विभिन्न प्रकारका जंगली जनावरहरुको अवलोकन गर्न सकिन्छ । नेपालमा मात्र पाइने एक सिंगे गैंडाको बासस्थान सौराहामा बाघ, घडियाल गोहि, मृग, कस्तुरी, अर्ना लगायत थुप्रै प्रजातीका बन्यजन्तु पाइनुका साथै विभिन्न थरीका चरा चुरुगींहरु पनि पाइन्छन । जंगली जनावर तथा जंगली परिवेशको अवलोकन हात्तीहरुमा चढेर नजिकैवाट गर्न सकिन्छ । वि. सं. २०३० मा स्थापित यस निकुञ्जमा जंगली मनमोहक दृष्य तथा जनावरहरु नजिकैवाट अवलोकन गर्न सकिने भएकाले पनि यस क्षेत्र पर्यटकिय दृष्टीले निकै रुचाइएको स्थान हो ।
यस क्षेत्रमा पर्यटकहरुको आर्कषण गर्ने उद्देश्यले क्षेत्रीय होटल संघ सौराहाले यस वर्ष चितवन हात्ती महोत्सव एवम् अन्तर्राष्ट्रिय हात्ती दौड र हात्ती पोलो प्रतियोगिता पौष ११ गते देखि १५ गते सम्म सौराहामा गर्न लागेको हो । अंग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा पर्यटकलाई थप आकर्षित गर्न हरेक वर्ष अन्तर्राष्ट्रिय हात्ती दौड प्रतियोगिता गरिँदै आएको छ । सौराहाको बाघमारा चौरमा हुने महोत्वस ५ दिनसम्म चल्नेछ।
आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्दन गर्दै लोप हुँदै गएको हात्तीहरुको संरक्षण र यसको महत्वकोबारे जानकारी दिनु, वन्यजन्तु संरक्षणमा एकजुट हुन आग्रह गर्नु र समाजमा जनचेतना अभिबृद्वि गराउनु यो महोत्सवको मुख्य उद्देश्य रहेको महोत्सवका मुल संयोजक सुमन घिमिरेले जानकारी दिए।
क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा हुने महोत्सवमा हात्ती वनभोज कार्यक्रम, हात्ती फास्ट वाक प्रतियोगिता, हात्तीको छावाहरुको रोचक फुटबल प्रतियोगिता, हात्तीको सुन्दरी प्रतियोगिता, हात्ती पोलो, हात्ती पेन्टिङ, तथा राष्ट्रिय तथा स्थानीय कलाकारको विविध सांस्कृतिक कार्यक्रम हुनेछ।
पछिल्लो समय अन्तर्राष्ट्रिय पर्यटन जगतमा छुट्टै स्थान बनाउन सफल यस महोत्सवले समग्र चितवनको पहिचान कायम गरेको छ। सुरुवाती दिन देखि अहिलेको १५ औं संस्करण सम्म हामीले हात्तीसँगका अनेकौ रोचक गतिविधि तथा खेलहरुलाई जोड्दै आएको छ।
स्थानीय युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था, बाघमारा सामुदायिक वन, सौराहा बचत तथा ऋण सहकारी संस्था, रेवान सौराहा, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतको सहकार्यमा महोत्सव हुँदै आएको छ ।
प्रतियोगितामा हात्ती दौड, हात्तीका छावाबीचको रोमाञ्चकारी हात्ती सुन्दरी प्रतियोगिता, टाँगो दौड, गाडा दौड, डुँगा दौड सहित राष्ट्रिय कलाकारहरुको विशेष प्रस्तुती रहने छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,