ICC को Best Playing XI मा परेनन भारतीय खेलाडिहरु, पाकिस्तानका यि खेलाडी बने कफ्तान


सातौ श्रृंखलाको टि-२० विश्वकप क्रिकेट २०२१ (T20 World Cup 2021) को नयाँ विश्वविजेता घोषणा भइसकेको छ । आइतबार यूनाइटेड अरब इमिरेटसमा खेलिएको फाइनल प्रतिस्पर्धामा अस्ट्रेलिया (Australia) ले न्यूजिल्याण्डलाई ८ विकेटले पराजित गर्न सफल भयो । २०-२० क्रिकेट फर्म्याटको विश्वकपमा अस्ट्रेलियाले पहिलो पटक ट्रफि उचालेको हो । अस्ट्रेलियाको यो जित लगत्तै इन्टरनेशनल क्रिकेट काउन्सिल (ICC) ले टूर्नामेन्टको बेस्ट प्लेइङ इलेभनको घोषणा गरेको छ ।

सम्भवतः पहिलो पटक होला जुन टोलीमा आईसीसीको रोजाइको प्लेइङ एघारमा कुनैपनि भारतीय खेलाडीको नाम सामेल छैन । जारी प्लेइङ एघारमा आईसीसीले टोलीलाई नेतृत्व गर्नका लागि पाकिस्तानका कफ्तान बाबर आजम (Babar Azam) लाई रोजेको छ ।

यस टोलीमा ब्याटिङको कुरो गर्ने हो भने आईसीसीले ओपनरको रुपमा अस्ट्रेलियाका ओपनर स्टार ब्याट्सम्यान डेविड वार्नर (David Warner) तथा जोस बटलर (Josh Butler) लाई रोजेको छ । यि दुवै ब्याट्स्म्यानले टी-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यसमा पनि बटलर एकमात्र त्यस्ता खेलाडी बनेका छन् जसले यस टूर्नामेन्टमा
एक्लो शतक जोडेका थिए । यदि मध्यक्रमका खेलाडिहरुको कुरो गर्ने हो भने आईसीसीले तेस्रो नम्बरमा पाकिस्तानी स्टार ब्याट्स्म्यान बाबर आजम, चौथोमा श्रीलंकाका चरिथ असलंका, पाँचौ नम्बरमा दक्षिण अफ्रीकाका एडेन मार्करम तथा छैठौ नम्बरमा मोइन अलीको नाम रहेको छ ।

ब्याटिङ पछि बलिङक्रममा आईसीसीले २ स्पिनर तथा ३ तिब्र गतीका बलरहरुलाई टोलीमा मौका दिएको छ । यसमा श्रीलंकाका स्पिनर वानिन्दु हसरङ्गा तथा अस्ट्रेलियाका एडम जाम्पा (Adam Zampa) ले स्पिन सम्हाल्ने छन् भने तिब्र गती बलिङका लागि अस्ट्रेलियन स्टार जोस हेजलवुड (Josh Hazlewood), ट्रेन्ट बोल्ट (Trent Boult) तथा अफ्रिकन स्टार एनरिच नोर्ट्जे (Anrich Nortje) रोजाइमा परेका छन् । पाकिस्तानी तिब्र गतीका बलर शाहीन अफ्रिदीको टी-२० विश्वकप प्रदर्शन उत्कृष्ट रहेपनि आईसीसीले तयार पारेको खेलाडीको सूचीमा उनलाई १२ औं वैकल्पिक खेलाडीको रुपमा समावेश गरिएको छ ।


Loading comments...