Lifestyle Portal
  •   १० माघ २०७८, सोमबार

हत्यामा संलग्न रहेको अभियोगमा ५ जना पक्राउ

२९ कार्तिक २०७८, सोमबार २२:०४

झापा, गौरादह नगरपालिका-५ बस्ने ४६ वर्षीय मबेसिर हुसेन मियाँको धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गौरादह नगरपालिका-५ बस्ने ३१ वर्षीय महम्मद सद्दाम, उनकी श्रीमती २८ वर्षीया सुमेरन खातुन, सोही ठाउँ बस्ने २६ वर्षीय महम्मद सुलेमान, उनकी श्रीमती २२ वर्षीया रुक्सार खातुन र सोही ठाउँ बस्ने ३८ वर्षीया कुर्समान खातुन रहेका छन् ।

मबेसिर हुसेन कात्तिक ११ गते बिहानदेखि हराएको भन्ने खबर १४ गते प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले कात्तिक २६ गते महम्मद सद्दामको घर तलासी लिनेक्रममा उनको घर बाहिर रहेको सेफ्टी ट्याङ्कीभित्र हत्या गरी कम्बलमा पोको पारेर फालिएको अवस्थामा उनको शव फेला परेको थियो । थप अनुसन्धानको क्रममा व्यक्तिगत रिसइबीको कारण मबेसिर हुसेनको हत्या गरेको खुल्न आएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । घटनामा प्रयोग भएको धारिलो हतियार दाउ, छुरी र घन (मार्तोल) लगायत चिजबस्तुहरु समेत प्रहरीले बरामद गरेको छ ।

उनीहरू उपर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत झापाबाट म्याद थप अनुमती प्राप्त गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने सिन्धुपाल्चोक चौतारा नगरपालिका-९ घर भएका २२ वर्षीय केशव तिमल्सिनालाई धारिलो हतियार कैँची प्रहार गरी घाइते बनाएको

तारकेश्वर नगरपालिका-६ लोलाङ हाइटस्थित पोलहरुमा राखिदै गरेको टेलिकमको तार चोरी गरेको अभियोगमा ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ

काठमाडौं, चिकित्सा शिक्षा आयोगद्वारा संचालित एमडि/एमएस प्रवेश परीक्षामा नक्कली परिक्षार्थी बनी परीक्षा दिने, उक्त परीक्षामा बिचौलियाको रुपमा नक्कली परिक्षार्थीलाई सहयोग

रोल्पा, सुनिलस्मृति गाउँपालिका-८ अरेश धाराखर्क बस्ने २९ वर्षीय दुर्गा पुनमगर र ४१ वर्षीय वल बहादुर पुनलाई गाई काटेको अभियोगमा शनिबार