एघार बिघामा लगाएको गाँजा खेती फडानी गरी नष्ट


सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा सोमबार करिब ८ घण्टा लगाएर जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीको कमाण्डमा खटी गएको टोलीले जिल्ला पर्सा ठोरी गाउँपालिका वडा नं. ३ र ४ मा रहेको एघार बिघा खेतमा अवैध रूपमा लगाएको गाँजाको बेर्नाहरु फडानी गरी नष्ट गरिएको छ । नष्ट गरिएको उक्त बेर्ना मात्रै अन्दाजी दुई लाख बिस हजार मूल्य बराबरको रहेको जिप्रका पर्साद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

साथै उक्त गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानून बमोजिम कारवाही हुने व्यहोरा समेत जारी विज्ञप्तीमा उल्लेख छ ।

जिप्रका पर्साद्वारा जारी विज्ञप्तीको वास्तवीक प्रतिः

सबै तस्वीरहरुः नेपाल प्रहरी


Loading comments...