चुरोटको बारेमा १० यस्ता कुराहरु के तपाईं लाई थाहा छ ?


  1. धूमपानले नराम्रो कोलेस्टोलको मात्रा रगतमा बढाउँछ र राम्रो कोलेस्टे्ररोल घटाउँछ । रक्तनलीको भित्री भित्तामा कोलेस्टेरोल जम्मा गराउँछ । धूमपानले हुने यस्ता परिवर्तनले गर्दा मुटुको रक्तनलीमा रगत जमेर मुटुको रक्तसञ्चारमा बाधा पुग्छ अनि हृदयघात हुन्छ ।
  2. धूमपानले मुटुका रक्तनलीलाई साँघुरो बनाउन सक्छ । निकोटिनले मुटुको धड्कनको गति र रक्तचाप पनि बढाउँछ ।
  3. ३० देखि ५० वर्ष उमेर भएको चुरोट सेवन गर्ने व्यक्तिलाई हृदयाघातको सम्भावना चुरोट सेवन नगर्नेभन्दा ५ गुणा बढी हुन्छ ।
  4. सानै उमेरदेखि (२० वर्षभन्दा मुनि) धूमपान सेवन गरेमा मुटुमा झन् ठूलो खतरा हुन्छ ।
  5. धूमपानबाट पुरुषभन्दा बढी महिलालाई हृदयाघातको खतरा हुन्छ ।
  6. धूमपानबाट हुने खतरा सीधा उपभोग गरेर मात्रै होइन कि, चुरोट प्रयोग गर्दा निस्केको धूवाँले अरूलाई पनि हानि गर्न सक्छ । यसलाई ‘पेसिभ स्मोकिङ’ भनिन्छ । अमेरिकामा बर्सेनि ६२ हजार मानिसको मृत्यु ‘पेसिभ स्मोकिङ’ का कारणले मुटुरोग हुने गर्छ ।
  7. धूमपानले मुटु र रक्तनलीसम्बन्धी रोगहरू, स्ट्रोक-ब्रेन अटेक), क्यान्सर, फोक्सोको रोग (दम, ब्रोन्काइटिस), गर्भवती महिलामा बाँझोपन, गर्भपतन, कम वजन भएको बच्चाको जन्म, बच्चाको अचानक मृत्यु र हाडजोर्नी कमजोर भएर सजिलैसँग हड्डी भाँचिने (फैक्चर हुने) आदि ।
  8. चुरोट सेवन बन्द गर्ने बेलादेखि नै स्वास्थ्यलाभ सुरु हुन थाल्छ । हृदयाघात र स्ट्रोक -पक्षाघात) को सम्भावना, चुरोट बन्द गरेको दिनदेखि नै घट्न थाल्छ ।
  9. चुरोट बन्द गरेको १० वर्षमा हृदयाघात र मुटुसम्बन्धी रोगको सम्भावना घटेर चुरोट कहिल्यै सेवन नगरेको व्यक्तिजतिकै हुन जान्छ ।
  10. चुरोट बन्द गरेका बेलाको उमेर ३५ देखि ४४ को बीचमा हुँदाखेरि, चुरोट बन्द गर्ने र कहिल्यै पनि चुरोट नखाने मानिस उत्तिकै वर्षसम्म बाँचे ।
डा. ओम मुर्ति अनिल
मुटुरोग विशेषज्ञ

Loading comments...