बेरोजगारीको संख्या धेरै थियो त्यहाँ!!!


थिएन भनौ भने मास्टर पास भएको कागजको खोस्टो थियो
तर त्यो कागजको कदर थिएन त्यहाँ
लखर लखर एउटा अफिसबाट अर्को आफिस जागिरको
तछाड मछाड गर्ने बेरोजगारीको संख्या धेरै थियो त्यहाँ

कविः लक्ष्मी पौडेल

सम्झन्छु घर खेत ऋण गरेर पढाको बाले
भन्थे राम्रै पढेको छ ढुक्कै छु भोलि पढेर तिर्छ भन्ने
तर दिन बित्दै गयो, समय गयो, साल गयो जागिर पाइन मैले
बालाई पीर पर्दै गयो के गरेर घर खान्छु भन्ने

अनि आमाले बार बार भन्थिन ए बाबू कति हण्डर खान्छस्
बरु गाउँ आएर मलाइ सघाए हुन्थ्यो
तर मलाइ लाग्थ्यो यत्ती दुख गरेर पढे यहि अनुसारको
जागिर ढिलो चाँडो खान पाए हुन्थ्यो

अनि गाउँले पनि भन्ने मौका पाएका थिए फलानोले जत्ति
पढे पनि आज लुखुर लुखुर हिंडिराछ भनेर
सुनाउदै थिइन साइली काकिले मेरो छोरो नपढेर के भो त बाहिर गाको छ,पैसो पठाको छ घर धन्दा चलिराछ भनेर

अनि खिन्न हुन्थे निराशिएर सोध्थें आफैलाइ म सक्षम छु तर पनि किन जागिर पाउदिन मैंले
जहाँ गए नी भनसुन चल्ने हाम्रो देशमा म कागज बोकेर गए म गरिबको छोरोको कुरा खै कल्ले सुन्ने

बिस्तारै जोश हराउँदै गयो चिनजानमा भाका मान्छेलाइ
भन्सुन गर्न लाए तर पनि पार पाइन मैले
एक न एक दिन त मेरो पनि त दिन आउला भन्दै मास्टरको खोस्टो बोक्दै डुलिरहें हार खाँदै खाइन मैले

तर हार नखाएर मात्र पेट नभरिदो रैछ पैसो नै चाहिने
एक पाइला अघि बढ्नको लागि
तोडिनै लागेको बाउ आमाको त्यो ऋण-धन गरेर ठूलो मान्छे बनाउने सपना जोड्नको लागि

हेरिरहे त्यो मास्टरको खोस्टो पनि पितृ परि सकेछ
मन नभै नभै राहादानी बनाउने अठोट गरें मैले
सुनौलो भविष्य हो कि अँध्यारो हुने हो
हजारौं बेरोजगारीको सपना बोक्ने त्यो जहाज चढ्ने भाडाको जोड गरे मैले

बिस्तारै लाइनमा बसेर राहादानी पास गराउँदै थिए
झुक्किए मेरै साथी पो रैछ त्यहाँ काम गर्ने
अनि उस्ले भन्यो हजुर जस्तो होनहार मान्छे विदेशिन नहुने हो
वातावरण नै छैन हाम्रो नेपालमा तर के गर्ने

मलाई चसक्क बिझ्दै थियो मैले भन्दै थिए
माथिसम्मको पहुँच हुनुपर्ने रहेछ हजुरको जस्तै मेरो कोई थिएनन
भन सुन गर्न पर्ने रैछ जहाँ पनि
जागिरमा मलाइ ठिक छ केटो इमानदार छ भनेर भन्दिने कोहि भएनन

उ रातो पिरो हुँदै थियो मैले भने यस्तै हो साथी सुख छैन कहि पनि विदेश जान लागियो देशै छोडेर
त्यो गाउँको माया ती बुढा बाउआमाको काख अनि देशको माटो सबैसंग निर्दयी बन्दै नाता तोडेर

कहिले न्यून होला बेरोजगारीको संख्या यो देशमा
कहिले आफ्नालाई छोडेर मात्र योग्यताको कदर होला
म जस्ता युवा कती परदेश हिंडेका
सपनाको फूल खाडिमा पक्कै पनि फुलाउन सकिन्न होला

थिएन भनौ भने मास्टर पास भएको कागजको खोस्टो थियो
तर मैले आफैले त्यस्को कदर गर्नै छोडे
यो समाजमा दिनदिनै जन्मिरहेको बेरोजगारी बिरुद्ध बोल्ने आँट गर्नै छाडे।।।


Loading comments...