Lifestyle Portal
  •   ४ चैत्र २०७९, शनिबार

ईरानी महिला फुटबल खेलाडीको वास्तविक लैंगीक पहिचानमाथी प्रश्न उठ्यो, जोर्डनले गर्यो ‘लिङ प्रमाणीकरण’को मांग

२ मंसिर २०७८, बिहीबार २१:२५

लोकप्रिय

जोर्डन (Jordan)ले ईरानको राष्ट्रीय महिला फुटबल (Iran women football) टोलीमाथी महिलाको भेषमा पुरुष खेलाडी राखेर खेलाएको आरोप लगाएको छ । जोर्डनले लगाएको आरोप अनुसार उक्त खेलाडीले गोलकीपरको भूमिका निर्वाह गरेका थिए ।

यस सम्बन्धमा जोर्डन फुटबल एसोसिएशनका अध्यक्ष प्रिन्स अली बिन अल हुसैनले ईरानको महिला फुटबल टोलीमा संलग्न सम्भावित पुरुष खिलाडीको ‘लिंग प्रमाणीकरण’को मांग गरेका हुन् । आफ्नो ट्वीटर ह्याण्डल @AliBinAlHussein बाट ट्वीट गर्दै उनले लेखेका छन्, “अघिल्लो ट्वीटहरूसँग सम्बन्धित त छैन तर यदि सत्य हो भने यो धेरै गम्भीर मुद्दा । कृपया जाग” भन्दै AFC को आधिकारीक ट्वीटर ह्याण्डल @theafcdotcom लाई मेन्सन गरेका छन् ।

‘डेलीमेल’मा सार्वजनिक रिपोर्ट अनुसार, ईरानी महिला फुटबल टोलीका गोलरक्षक जोहरेह कौडेईले गत २५ सेप्टेम्बरमा जोर्डन बिरुद्ध सम्पन्न फुटबल प्रतिस्पर्धामा दुई पेनाल्टी बचाइएका थिए । उक्त खेलमा ईरानले जोर्डनलाई ४-२ गोल अन्तरले हराउँदै एशिया कपको लागि छनौट भएको थियो । उनै गोलरक्षक कौडेईको लैंगीक पहिचानमाथी प्रश्न उठेको हो ।

जोर्डन फुटबल एशोसिएसनले ‘द एशियन फुटबल कन्फिडरेशन – AFC’ लाई पत्राचार गर्दै उक्त खेलमा सहभागी गोलरक्षक जोहरेह कौडेईको ‘लिङ प्रमाणीकरण’का लागि अनुरोध गरेको छ । “स्वास्थ्य क्षेत्रका स्वतन्त्र र निष्पक्ष विज्ञ सहितको टोली समेटेर अनुसन्धान गरियोस” पत्रमा लेखिएको छ ।

पत्रको वास्तविक प्रति

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति

वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न

भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले

केही दिन पहिले (२०२७९, फागुन ५) उद्योग मन्त्रालयले एउटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको थियो। उक्त निर्णयले सरकार मातहतका निकाय तथा