साढे तीन घण्टा लाग्नेछ यस शताब्दीकै सबैभन्दा लामो चन्द्र ग्रहण – जान्नुहोस् कति वर्ष पछि मिलेको छ यो योग?


चन्द्र ग्रहण (Chandra Grahan 2021) बारेमा खगोल वैज्ञानिकहरुका अनुसार आज (१९ सेप्टेम्बर, २०२१) लाग्ने यस चन्द्र ग्रहण ५८० वर्षपछि सबैभन्दा लामो अवधीको आंशिक चन्द्र ग्रहण हुनेछ । यस आंशिक चन्द्र ग्रहणको अवधि ३ घण्टा २८ मिनेट २४ सेकेण्डको रहनेछ, र यो ५८० वर्षमा सबैभन्दा लामो अवधीको आंशिक चन्द्र ग्रहण हुनेछ । फेब्रुअरी १८, १४४० पछिको सबैभन्दा लामो खण्डग्रास चन्द्रग्रहण हो ।

नेपालबाट भने यो ग्रहण विरल छायाँ जनित चन्द्रग्रहण (Penumbral Lunar Eclipse) अर्थात् पेनम्ब्रल मात्रै देखिनेछ। नेपालमा साझं ५ बजेर ११ मिनेटमा सुरू हुने पेनम्ब्रल ग्रहण साझैं ५ बजेर ४८ मिनेटमा सकिनेछ।

यो आंशिक चन्द्र ग्रहण आजका दिन पश्चिमी अफ्रिका, पश्चिमी यूरोप, उत्तर तथा दक्षिण अमेरिका, एशियाका केही ठाउँहरु, अस्ट्रेलिया तथा अटलान्टिक महासागरबाट देखिनेछ । ग्रहणको मोक्ष चन्द्रोदयको समय अस्ट्रेलिया, इन्डोनेशिया, थाईल्याण्ड, भारतको पूर्वोत्तर भाग, चीन तथा रूसमा देखिनेछ । भारतको पूर्वोत्तर भागमा स्थानीय समय अनुसार अपरान्ह १२ बजेर ४८ मिनेटबाट प्रारम्भ हुनेछ भने साँझ ४ बजेर १७ मिनेटमा समाप्त हुनेछ । उपरोक्त स्थानहरुमा ग्रहणका क्रममा पृथ्वीले चन्द्रमामा पुग्ने ९७% सूर्यको प्रकाशबाट छेक्नेछ, यस्तोमा अवस्थामा लालीमा छरिएको आकाश देखिनेछ ।

यो रेकर्ड ब्रेक गर्ने खण्डग्रास चन्द्रग्रहण सन् २६६९ फेब्रुअरी ८ मा लाग्नेछ।


Loading comments...