Lifestyle Portal
  •   ४ जेष्ठ २०७९, बुधबार

सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेको अभियोगमा पक्राउ

३ मंसिर २०७८, शुक्रबार २२:१४

काठमाण्डौ । सामाजिक सञ्जालहरु इन्स्टाग्राम तथा फेसबुक मार्फत नाबालिका र युवतीहरुको चरित्र हत्या गरेको अभियोगमा काठमाण्डौ महानगरपालिका-१२ भोटेबहाल बस्ने २० वर्षीय लव खड्गीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

खड्गीले नाबालिका र युवतीलाई साथी बनाई डर, धाकधम्की देखाई नग्न तस्वीर तथा भिडियो पठाउन लगाइ दु:ख हैरानी दिई सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गर्ने कार्य गरेको पाइएपछि प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत काठमाण्डौबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भईरहेको उक्त ब्यूरोले जनाएको छ ।

यो पनि पढ्नुहोस्ः
सामाजिक संजालमा आफ्नो गोपनीयता कसरि सुरक्षित राख्ने?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

इलाम – इलाम नगरपालिका-८ सिङफ्रिङमा गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ । खाल्डोमा गाडिएको अवस्था भेटिएको शव उत्खनन गरिएको

प्रतिमा सिलवाल/ चितवन | जिल्ला प्रहरी कार्यालय चितवनले बाल यौन दुर्व्यवहारको आरोपमा विगत २० दिनमा समातेका  पाँच जना पुरुष मध्ये

काठमाडौं – बैंकिङ कसूरका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१० बानेश्‍वर बस्ने धनुषा जनकपुरधाम उप-महानगरपालिका-८ घर भएका ४९ वर्षीय कमल कुमार सिंहलाई

मोरङ । आफ्नै बुबा ८० वर्षीय दल बहादुर खत्रीको कुटपिट गरी हत्या गरेको अभियोगमा बेलबारी नगरपालिका-९ डाँगाबजार बस्ने ३५ वर्षीय