Lifestyle Portal
  •   ५ चैत्र २०७९, आईतवार

पश्चिमा देशले बुझ्दैछन्  ब्रह्ममुहूर्त

८ पुष २०७५, आईतवार १०:५४

लोकप्रिय

हामी सनातन धर्म संस्कार पालना गर्नेहरु अझ नेपालीजनले हवाइजहाज बनाएका त पक्कै हैनौं तर हाम्रा ग्रन्थहरुले आजभन्दा हजारौं वर्षअघि देखि नै बिहान सवेरै प्रातकालमा उठ्नपर्छ भनी सिकाएका अनि नियम बनाएका हुन् ।
सामाजिक सञ्जालमा एउटा प्रचलित विश्वप्रसिद्ध वेबसाइटले विश्वका अधिकांश सफल व्यक्तिहरु प्रातकालमा उठ्ने गर्दछन भनि लेखेपछि एउटा सानोतिनो हलचल नै आएको बताइन्छ । सफलताका सुत्रहरुको खोजि त मान्छेले सदैब गरिआएकै छ, हैन त?
एप्पलका सि इ ओ देखि गुगलका सि इ ओ अनि अन्य थुप्रै सफल मान्छेहरु सवेरै उठ्ने कुरा लेखिएको त्यस आलेख प्रति प्रसिद्ध लेखिका जे के रोलींगले भनें ओ सिट भनी लेखेर ट्वीट गरेकि थिइन् ।
शायद उनी भनें सवेरै उठ्न गाह्रो मान्छिन होला । हाम्रा धर्मशास्त्र अनि ग्रन्थहरुले परापूर्वकाल देखि नै प्रातकाल स्नान अनि आराधनाका कुराहरुलाई प्रकाश पार्दै आएका छन् । पश्चिमा देशहरुले यस प्रातकाल उठ्नुको फाइदाहरुलाई भर्खरै चाल पाएर प्रचारप्रसार गर्दैछन् । पश्चिमा देशहरुमा डिप्रेशन लगायतका अन्य मानसिक स्वास्थका समस्याहरु धेरै वृद्धि भइरहेको अवस्थामा बिहानै उठ्नाले शरीरमा सेरोटोनिन हार्मोन बढ्ने पाइएकाले डिप्रेशनमा कमी हुने पनि देखिएको छ ।

प्रिय पश्चिमा देशका साथीहरु पूर्वतर्फ हेर सबै कुरा अनि ज्ञानहरु परापूर्व काल देखि रहिआएका छन् ।
आर्यूवेदको अनुसार सूर्योदयको लगभग ४५ मिनेट अघि उठ्नु प्रभावकारी हुन्छ । यस समयलाई ब्रह्ममुहूर्त भनिन्छ । यस समयमा ब्रह्माण्डका शक्तिहरु अनि गुरुत्ववल लगायत सूर्यका प्रकाशमा भएका राम्रा किरणहरु चलायमान हुने बताइन्छ । ब्रह्ममुहूर्तमा ब्रह्म ज्ञान पनि प्राप्त हुन्छ । ठूला ठूला तपस्वीहरुले ज्ञान पाउने अनि जीवनमा नयाँ मार्ग पाउने, राम्रो बिचार उत्पन्न हुने समय यसै ब्रह्ममुहूर्त हो । आर्यूवेदले ब्रह्ममुहूर्तमा उठेर मोबाइल फोन या कफीको चुस्की लिन भन्दैन है, उठेर केही ध्यान र कसरत गर्न सुझाव दिएको छ । ध्यानलाई आर्यूवेदले धर्मसंग जोडेको छैन् है, ध्यानलाई शून्यता अनि तठस्तताको एउटा बिन्दु भन्दै हरेक बिहान ध्यान गर्न आर्यूवेदले बताएको छ । यसका अलावा हामीले प्रार्थना या अर्चना केही गर्न पनि सक्दछौं । बिहानको समय बास्तवमै अलौकीक समय हो र बिहान उठ्ने मान्छेको रचनात्मकता अरु भन्दा बिशिष्ट नै हुन्छ । पश्चिमा देशहरुमा सूर्यका किरणहरुले छिरेपछि मात्र उठ्ने चलन शदियौं देखि रहेको बताइन्छ ।

यहाँ हामी प्राकृतिक समय चक्र प्रस्तुत गर्दै छौं । यस तस्वीरमा दिनका समयहरु ब्याख्या गरिएको पाइन्छ । नेचुरल क्लकका बिषयमा विश्वमा धेरै कुराकानी अनि अध्ययनहरु भइरहेका छन्, केही वर्षअघिको मेडिकल साइन्सको नोबेल पुरस्कार नै नेचुरल क्लक र बडि क्लकको अध्ययन गर्ने चिकित्सकलाई दिइएको थियो । यिनले खाना र औषधीको प्रभावकारी समय र मानविय रुटीनको समयका बिषयमा अनुसन्धान गरेका थिए । स्मरण रहोस् हाम्रो आर्यूवेदले सबै कुराहरुलाई हजारौं वर्षअघि ब्याख्या गरेको पाइन्छ ।
एउटा शिशुको उठ्ने समय अनि रुने कारणदेखि वयस्क व्यक्तिको सुत्ने समय, सुत्ने मुदा्र अगायत अन्य नैरोग्यताका धेरै ज्ञानहरु वेदमा छ ।

हामी हुर्कदै जाँदा आफ्नो नियन्त्रण प्रकृतिलाई नदिई कक्षाकोठामा जाँच, साथीभाईको रवाफ, मोबाइलका क्लीक अनि अन्य भर्चुअल संसारका कुराहरुलाई दिने गर्दछौं । प्रकृतिसंगको दुरी नै बिनाश हो, मान्छे प्रकृतिसंग नजिक अनि शान्त रहन सक्नु पर्दछ । हामी आजभोली भावनाको ब्यापार गर्न थालेको छौं, टिभी रेडियो लगायतका कुराहरुमा दुख्ख, सुख्ख, आँशु अनि हाँसो बढि बिक्रि भएको पाइन्छ जुन कालान्तरमा हानी हो । स्वभावत मानिस चेतनशील अनि शान्त प्राणी हो जसले भावना भन्दा चेतनामा बढि केन्द्रित हुनु पर्दछ । आर्यूवेदले मान्छेहरुमा भएको दोष या समस्यालाई ३ भागमा बाँढेको छ र यि दोषलाई दिनको समयअनुसार ब्याख्या गरेको छ । निम्न चित्र हेर्नुहोस्वातको अर्थ वायू या ब्रहमाण्डले ल्याउने शरीर र मनमा हुने दोषलाई जनाँउछ ।
त्यस्तै आगो र पानीले ल्याउने दोषलाई पित्त अनि पानी र पृथ्वीले ल्याउने दोषलाई काफ भनिन्छ । ४ देखि ५ः३० बिहानसम्मको समयलाई वातको रुपमा राखिन्छ । समयमा बिहानै उठ्ने मान्छेलाई ग्रहगौचर लगायत हावाका कुनै दोष नहुने प्रष्ट छ । बिहान उठ्ने भनेंको उठेर मोबाइल या टिभीमा ब्यस्त हुने हैन् बरु शान्त चित्तले केही ध्यान अनि कसरत गर्नु चाँही हो ।
बिहानको ५ बजेपछि काफ दोष शुरु हुन्छ र यो दोष प्रारम्भ भएपछि उठ्ने मान्छेहरुमा बिभिन्न दोष अनि शरीर भारी हुने, दिमाग सुस्त रहने समस्या हुन्छ ।

दिउँसोको २ सम्म अनि बिहानको १० देखिको समय चाँही पित्त दोषको समय हो । मान्छेको उत्पादकत्व यस दोष अनि चक्रले निर्धारण गर्दछ तसर्थ यस समयमा हामी कार्यलयमा क्रियाशील हुने र काम या अध्ययनमा रहने गर्दछौं । समयमा उठे दैनिकी सहज अनि हरेक दोषका समयमा मान्छे आफू उत्प्रेरित र ताजा रहन सक्दछ ।

पर्सियन लेखक र कवी रुमीले मान्छे आँफैमा एउटा ब्रहमाण्ड हो भनेंका छन्, वास्तवमा हामीभित्र ब्रहमाण्डको टुक्रा र सग्लो व्रह्माण्ड नै छ । वेदका ज्ञानलाई आत्मसाथ गर्दै अघि बढौं, हाम्रा ग्रन्थहरु पश्चिमा अध्ययन भन्दा हजारौं वर्ष अगाडि छन् ।
आजबाट राती चाँडै सुत्ने र समयमा बिहान उठ्ने बानी गरौं । जीवनको कायापलट हुनेछ ।

-सुयोग ढकाल

अंग्रेजीमा  पढ्नुहोस : Western countries addressing the importance of Brahma Muhurta

 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा