Lifestyle Portal
  •   १३ जेष्ठ २०७९, शुक्रबार

नेपाल-भारत अन्तर्राष्ट्रिय मैत्री कन्सर्ट सम्पन्न

५ मंसिर २०७८, आईतवार १९:०६

२१ नोभेम्बर २०२१ मा डीएभी सुशील केडिया विश्व भारती स्कूल, काठमाण्डौ र संस्कृति भारतको सहकार्यमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावास, काठमाण्डौले नेपाल-भारत अन्तर्राष्ट्रिय मैत्री कन्सर्ट आयोजना गरेको थियो।

कार्यक्रमको उद्घाटन वरिष्ठ राजनीतिज्ञ तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले गर्नुभएको थियो र यसमा डीएभी सुशील केडिया विश्व भारती स्कूलका अध्यक्ष अनिल केडिया र प्रथम सचिव (प्रेस, सूचना र संस्कृति)) नवीन कुमारको उपस्थिति थियो। सम्मानित अतिथिको रूपमा आफ्नो मन्तव्यमा श्री ठाकुरले भारत र नेपालको साझा सांस्कृतिक सम्पदा र दुई मित्रतापूर्ण छिमेकीहरू बीचको सदियौं पुरानो सम्बन्धलाई प्रवर्द्धन र संरक्षण गर्न युवा कलाकार र विद्यार्थीहरूको महत्त्वपूर्ण भूमिका रहनेमा जोड दिए। सो अवसरमा बोल्दै प्रथम सचिव (प्रेस, सूचना तथा संस्कृति) नवीन कुमारले भारत र नेपालका कलाकारहरुको रमाइलो प्रस्तुति र आफ्नो कलाको माध्यमबाट दुई देशका जनतालाई एकताबद्ध गराउन योगदान गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा भारतका चर्चित कलाकारहरू- गायिका डा. रञ्जना झा, नर्तकहरू सुश्री यामिनी शर्मा र सुश्री रिजुला मिश्र- र नेपालका स्वजन रघुवंशी समूहले आफ्नो प्रस्तुतिले दर्शकहरूलाई मोहित पारे। भारत र नेपालका सीबीएसई स्कूलका युवा विद्यार्थीहरूले पनि सांस्कृतिक प्रदर्शनी प्रदर्शन गरेका थिए।

यो कार्यक्रम भारतको स्वतन्त्रताको ७५  वर्ष मनाउन र स्मरण गर्न भारत सरकारको पहल,’आजादी को अमृत महोत्सव’ को एक हिस्सा थियो  ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

स्थानीय तह निर्वाचन २०७९ मा ६८ हजार ६१२ मत प्राप्त गरेर भारी मतान्तरले उपमेयरमा बिजयी भएकी नेकपा एमालेकी सुनिता डंगोलले

भारत सरकारको अनुदान सहयोगमा मुस्ताङ जिल्लाको लोमाङथाङ गाँउपालिका–३ छोनहुपस्थित श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नतरी भएको भवनको उद्घाटन भएको

काठमाडौं । देशको राजधानी काठमाडौं महानगरपालिकाले मेयरको रुपमा लौरो चिन्ह प्राप्त गरी स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन)लाई मेयरको रुपमा

स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भारतीय कवि नरेश शांण्डिल्यको स्वागत सम्मान तथा नेपाल-भारत कविता