के बालबालिकाले मास्क लगाउनु जरुरी छ?


५ वर्ष र सोभन्दा कम उमेरका बालबालिकाले मास्क नलगाउनेः सामान्यतया, ५ वर्ष र सोभन्दा कम उमेरका बालबालिकाले मास्क लगाउनु पर्दैन। यो सल्लाह साना बालबालिकाको सुरक्षा र समग्र हितमा आधारित छ।

६ देखि ११ वर्षका बालबालिकाले निम्न अवस्थामा मास्क लगाउनेः
– कोभिड-१९ समुदायमा व्यापक रूपमा फैलिएको छ भने
– बालबालिकाले सुरक्षित रूपमा मास्क प्रयोग गर्न, धुन र प्रतिस्थापन गर्न सक्छन् भने
– बालबालिका हालसालै उच्च जोखिममा भएकाहरूको सम्पर्कमा पुगेको छन् भने

१२ वर्ष वा माथिका बालबालिकाले वयस्कले जसरी नै मास्क लगाउनेः
– अपाङ्गता भएका बालबालिकाको हकमा सक्षमता र हित हेरेर मात्र मास्क लगाउने
– दौडँदा, उफ्रँदा वा अरू खेलकुदमा सहभागी हुँदा मास्क नलगाउने

युनिसेफ नेपालद्वारा जारी


Loading comments...