बैंकिङ कसूरमा फरार सानागाउँबाट पक्राउ


काठमाण्डौ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ललितपुर सानागाउँ बस्ने काठमाडौं महानगरपालिका-१० घर भएका ५१ वर्षीय दुर्गा शाही सापकोटालाई बुधबार प्रहरीले प्रकाउ गरेको छ ।

उच्च अदालत पाटनको २०७७ मंसिर १६ गतेको फैसलाले उक्त मुद्दामा ७ दिन कैद र १३ लाख ६५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले ललितपुर सानागाउँबाट पक्राउ गरेको हो । आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी हिमालयन बैंक लिमिटेडको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ ।


Loading comments...