Lifestyle Portal
  •   ८ आश्विन २०७९, शनिबार

भारतीय सेनाद्वारा TATA को वर्कसप ट्रकहरु नेपाली सेनालाई हस्तान्तरण

९ मंसिर २०७८, बिहीबार १८:३७

टुंडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजना गरिएको एक समारोहबीच भारतीय सेनाले नेपाली सेनालाई आज टाटा एलपिटिए १६२८ वर्कशप ट्रकहरु उपहारस्वरुप प्रदान गरेको छ । भारतका रक्षा सहचरी कर्णेल अमित शर्माले भारतीय सेनाको तर्फबाट उक्त वर्कशप ट्रक नेपाली सेनाका सहायक रथी कृष्णदेव भट्टलाई हस्तान्तरण गर्नुभयो । कम्प्याक्ट मोबाइल वर्कशपको रुपमा काम गर्ने यी वर्कशप ट्रकहरुले नेपाली सेनाको सवारी साधनको सहज र निर्वाध कार्यक्षमता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।

प्रधानसेनापति प्रभुराम शर्माले हालै भारतका राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गरी स्वदेश फर्किए पश्चात सो ट्रकहरु उपहारस्वरुप प्रदान गरिएको हो । रक्षा सहकार्य अन्तर्गत उपलब्ध गराइने यस्ता सैन्य सामाग्रीले भारतीय सेना र नेपाली सेनाबीच रहेको गहिरो तथा बलियो सम्बन्धलाई पुष्टि गर्दछ । यस सैन्य सम्बन्धले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन पनि मद्दत गर्नेछ । भारत सरकारको तर्फबाट भारतीय सेनाले नेपाली सेनालाई अझ सशक्त एवम् आधुनिक बनाउन उसले गरेका प्रयासमा निरन्तर सहयोग गर्नेछ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारत–नेपाल सचिवस्तरीय संयुक्त जलस्रोत समितिको नवौँ बैठक भारत सरकार जलशक्ति मन्त्रालय अन्तर्गतको जलस्रोत, नदी विकास एवं गंगा संरक्षण विभागका सचिव

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपाल सरकारका माननीय गृहमन्त्री बालकृष्ण खाणले आज काभ्रेपलाञ्चोकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माणका

यदि तपाई नेपाल र विश्वभरका ताजा समाचार, ब्रेकिङ समाचार, अपडेटहरूसँग जुटिरहन चाहनुहुन्छ भने, ‘नेपाली पात्रो’मा समाचारको नयाँ सुविधा सहितको Android

बकिङ्गम दरबारले एउटा विज्ञप्ति जारी गर्दै भनेको छ, “आज अपरान्ह बाल्मोरलमा महारानीको शान्तिपूर्ण निधन भएको छ । राजा र क्वीन