Lifestyle Portal
  •   १२ माघ २०७८, बुधबार

३३ लिटर रक्तचन्दनको तेल सहित १० जना पक्राउ

११ मंसिर २०७८, शनिबार २१:४४

काठमाण्डौ । रक्तचन्दनको तेलको अबैध कारोबारमा संलग्न रहेको अभियोगमा १० जनालाई ३३ लिटर रक्तचन्दनको सुगन्धित तेल सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं बानियाटार बस्ने सिन्धुली हरिहरपुर गाउँपालिका-४ घर भएका ५० वर्षीय हेम कुमार श्रेष्ठ, ललितपुर सानुगाउँ बस्ने मकवानपुर गढी गाउँपालिका-१ घर भएका नवीन भन्ने ३९ वर्षीय मंगल सिंह लो, काठमाण्डौ टोखा नगरपालिका-४ बस्ने ३७ वर्षीय ईक्रम श्रेष्ठ, भक्तपुर दुवाकोट बस्ने काभ्रे बनेपा नगरपालिका-४ घर भएका ३१ वर्षीय कार्साङ्ग लामा, काठमाण्डौ महाराजगञ्ज बस्ने खोटाङ हलेसी नगरपालिका-६ घर भएका २३ वर्षीय घनश्याम आले मगर, काठमाण्डौ महानगरपालिका-८ तिलगंगा बस्ने ५१ वर्षीय मदन पोडे, काठमाडौं चावहिल बस्ने खोटाङ हलेसी नगरपालिका-९ घर भएका २० वर्षीय जीवन थापा, काठमाण्डौ सामाखुसी बस्ने तनँहु भानू नगरपालिका-६ घर भएका २५ वर्षीय सुदिप थडराई, काठमाण्डौ महानगरपालिका-१३ छाउनी घर भएका ५३ वर्षीय अनिल चरण श्रेष्ठ र सोही ठाउँ घर भएका ५१ वर्षीय अनुप कुमार श्रेष्ठ रहेका छन् ।

काठमाण्डौ महानगरपालिका-८ तिलगंगामा रक्तचन्दनको तेल प्रति लिटर नगद ५ लाख रुपैयाँको दरले अबैध कारोबार भईरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त तेल सहित पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारवाहीको लागि वन डिभिजन कार्यालय हात्तीसार काठमाडौंमा पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौंस्थित भारतीय राजदूतावासमा २०७८ माघ १२ गते भारतको ७३ औं गणतन्त्र दिवस मनाइयो । नेपालका लागि भारतीय राजदूत महामहिम विनय

काठमाण्डौ । सरकारले यही माघ १५ गतेदेखि २० गतेसम्म विद्यालय खोल्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका

परिवारका सदस्यकै रिपोर्ट पोजिटिव हुँदा, आफूलाई पनि कोभिडको लक्षण हुँदा पनि जाँचको रिपोर्ट नेगेटिभ देखिएको छ । कति जनाको पहिले

नेपाल–भारतको खुल्ला सिमा क्षेत्रको अवैध स्पेयर पाट्सको आयात ह्वात्तै बढेको छ । नेपालको मुख्य नाका मध्येको काकरभिट्टा क्षेत्रबाट अवैध रुपमा